• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

रेमिट्यान्स आएकै छ, देश चलिहाल्छ नि भन्ने दिन नआउन सक्छ

सुमन पोखरेल सोमबार, चैत ३, २०७६  ०९:२५
1140x725

नेपालको रेमिट्यान्स आप्रवाहमा केही समयदेखि नकारात्मक संकेत देखिँदै आएको छ। विश्वव्यापीरूपमा कोरोनाको प्रभाव बढ्दै गर्दा यसको प्रत्यक्ष असर नेपालको रेमिट्यान्समा पुग्ने देखिन्छ।  

अहिले नै यति प्रतिशतले रेमिट्यान्स प्रभावित हुन्छ भन्ने बेला भइसकेको छैन। तर भविष्यमा यसको प्रभाव धेरै हुनेछ। अमेरिकी डलरको भाउ बढेकाले पछिल्ला केही महिनामा नेपालमा आउने रेमिट्यान्स बढेको देखिन्छ। नेपाली पैसा अवमूल्यन हुँदै गर्दा यसको फाइदा विनिमय दरमा हुन्छ। यसले गर्दा विदेशमा बसेका नेपालीले पैसा पठाइरहेका छन्। यो वृद्धि क्षणिक मात्र हो। 

कोरोनाको संक्रमण विश्वव्यापी रूपमा बढ्दै गर्दा अबका दिनमा के हुन्छ भन्ने अहिले चासोको मुख्य विषय हो। अबको अवस्था डरलाग्दो हुन सक्छ। हाम्रो रेमिट्यान्सको प्रमुख स्रोत मलेसिया र मध्यपूर्वी देश हुन्। कोरोना आउनु अगाडिदेखि नै ती देशबाट आउने रेमिट्यान्समा अपेक्षित वृद्धि थिएन। 

युएइबाट आउने रेमिट्यान्समा पनि धेरै वृद्धि हुन सकेको थिएन। मलेसियामा पूरै नकारात्मक नै थियो। मेलेसियाबाट आउने रेमिट्यान्स धेरै घट्यो। 'फ्री-भिसा फ्री-टिकट'को लफडामै धेरै लामो समय व्यतित भयो। यस अवधिमा धेरै किसिमका अलमल भए। 

मलेसियाका कम्पनीले नेपालबाट भन्दा बंगलादेशबाट कर्मचारी लैजान थाले। मलेसिया जाने नेपालीको संख्या धेरैले घट्यो। यताबाट जाने हवाइजहाज खाली हुने र उताबाट आउने हवाइजहाज भरिने अवस्थाले गर्दा मलेसियाबाट आउने रेमिट्यान्स घट्यो। 

विदेशबाट आउने रकमसँगै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि घटिरहेको छ। यस अवधिमा स्थानीयस्तरमै रोजगारी सिर्जना भएको हुन सक्छ। सरकारले स्थानीय तहमा धेरै बजेट पठाएको छ। यसले स्थानीयस्तरमै काम पाउने अवस्था सिर्जना भयो। साथै राष्ट्रियस्तरका आयोजनामा पनि कामदार चाहिने भएकाले विदेशिने नेपालीको संख्या कम भएको हुन सक्छ। 

यी सबै कारणले गर्दा मलेसिया र मध्यपूर्वी देशमा ठूलो प्रभाव परेको हो। ती देशमा त्यति धेरै सकारात्मक संकेत देखिएको थिएन। तर जापान र कोरिया हाम्रो लागि राम्रो थियो। नेपालीहरू जापान र कोरियामा जाने क्रम बढिरहेको थियो। यि देशमा कमाइ राम्रो भएको हुँदा रेमिट्यान्स पनि बढ्दो क्रममा देखिएको हो। जापानबाट गैरकानुनी च्यानलबाट आउने पैसा कम भइसकेको थियो। 

कोरियामा हुण्डीको कारोबार धेरै थियो। त्यो पनि निजी क्षेत्र गैसकेपछि कम भैसकेको थियो। मलेसिया र मध्यपूर्वी देशबाट भित्रिने रेमिट्यान्स कम हुँदै गर्दा यि देशले धानिरहेको थिए। तर पछिल्लो समय तीन देशमा कोरोनाले आतंक सिर्जना गरेको छ। कोरियामा संक्रमण दर घटिरहेकोले आशा गरौँ अब धेरै असर नगर्ला।

Ncell 2
Ncell 2
nimb
nimb

चीनपछि कोरोनाको राम्रो नियन्त्रण कोरियामा देखिन्छ। यति हुँदाहुँदै पनि सतर्कता अपनाइएको छ। बाहिरै निस्कन दिइएको छैन। काममा जाने क्रम नै घटेको छ। अहिलेसम्म उनीहरूले खाइपाइ आएको तलब सुविधामा असर परिसकेको छैन। अझै लामो समयसम्म यसको प्रभाव रहिरह्यो र बन्द भइदियो भने समस्यामा पर्न थाल्नेछन्। जस्तो कृषि क्षेत्रमा पनि काम भइदिएन भने उनीहरूले तलब सुविधा यही नै हुन्छ भनेर भन्न सक्ने अवस्था छैन। यदि उनीहरूले कर्मचारी फिर्ता पठाए भने? न त्यहीँ नै तलब सुविधा नदिएर बिदामा राख्छन् वा के गर्लान् भन्ने विषयमा अहिलेसम्म केही पनि आइसकेको छैन। ती देशका स्थानीयस्तरमा त्यस्ता किसिमका कार्यक्रम आइसकेको छैन। 

यदि काममा जानेदर घट्दै गयो उनीहरूको आम्दानी घट्दै जानेछ र यसको असर रेमिट्यान्समा पर्नेछ। जापानमा धेरैजसो नेपालीहरूले रेष्टुरेन्टमा काम गर्छन्। त्यहाँ अहिले मानिसहरूको आउने जाने क्रम नै घटिसकेको छ। रेष्टुरेन्ट नचल्नासाथ नेपालीहरूको आम्दानी घट्छ। रेष्टुरेन्ट चेलेनन् भने मात्रै पनि जापानबाट आउने रेमिट्यान्समा ठूलो गिरावट हुनेछ। अहिले नै प्रभाव देखिएको छैन। तर अब आउने मार्चको अन्त्यसम्ममा देखिन थाल्नेछ। 

हाम्रो रेमिट्यान्सको दोस्रो ठूलो स्रोत युरोप तथा अमेरिका हो। त्यहाँ पनि अवस्था खराब छ। अब के हुन्छ भन्ने कुरा अन्यौल छ। इटाली, स्पेनमा महामारी देखिसकेको छ। बेल्जियममा समेत स्कूल/कलेज बन्द भइसकेका छन्। समग्र युरोपमै यस्तै प्रभाव देखिनेवाला छ। 

यसले ह्वाइट कलरसँगै ब्लु कलर काम गर्नेहरूलाई समेत असर गर्‍यो। यी दुबै क्षेत्रमा देखिएको असर अलि डरलाग्दो छ। पहिले पहिले ब्लु कलर जब होल्डरको रेमिट्यान्स आएन भने पनि ह्वाइट कलरवालाको आउँछ अनि धान्न सक्छ भन्ने अवस्था थियो। अब त्यो पनि छैन। विदेशमा रहेका हाम्रा प्रतिनिधिहरूका अनुसार त्यहाँको अवस्था विस्तारै खराब बन्दै गएको छ। 

Xtrem

Xtrem

यसको प्रभाव अझै कतिलामो समयसम्म जान्छ भन्ने कुराले नेपालमा कति हदसम्म पर्छ भनेर विश्लेषण गर्नुपर्ने हुन्छ। नेपालको अर्थतन्त्रको आकार नै सानो छ। त्यसमा पनि रेमिट्यान्सको हिस्सा २९ प्रतिशत भएको हुँदा यसको असर धेरै नै ठूलो हुनेछ। 

रेमिन्ट्यान्समा हुने सानो परिवर्तनले पनि नेपालको अर्थतन्त्रमा ठूलो असर गर्छ। यसले समग्र नेपालको अर्थतन्त्रमै प्रभाव पार्छ। नेपालमा विदेशबाट रेमिट्यान्स मात्रै वार्षिक साढे आठ खर्ब रूपैयाँभन्दा माथि छ। महिनामा ७५ अर्ब भन्दा धेरै आउँछ। जसमा एक महिनाको मात्रै पैसा आएन भने नेपालको अर्थतन्त्रमै ठूलो असर पर्छ। सबैभन्दा पहिले बैंकको तरलतामा असर गर्छ। 

तर अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रति ब्यारेल ३० डलर भन्दा तल आइसकेको छ। यसो हुँदै गर्दा नेपालको व्यापार घाटामा थप न्यूनता आउनेछ। तेलको मूल्य सस्तो हुँदा आयातको लागि आवश्यक पर्ने विदेशी मुद्रा त्यति धेरै खर्च हुँदैन। 

यसले केही हदसम्म सन्तुलन हुन सक्छ। नेपालमा धेरै आयात हुने तेल, स्टिल, गाडी र खाद्यान्नमा कमी आउने बित्तिकै व्यापार घाटा कम देखिन्छ।  पछिल्लो समय गाडीको आयात धेरै कम छ। विकास निर्माणको काममा कमि आएसँगै स्टिलको आयातसमेत धेरै कम छ। 

यि सबै क्षेत्रको सुधारका लागि हामीलाई रेमिट्यान्स चाहिन्छ। यसले आयात निर्यात दुबैतर्फ प्रभावित पार्छ। आयातमा भएको कमीले तत्कालका लागि सन्तुलन देखाए पनि दीर्घकालीन्‌रूपमा भने धेरै असर पार्नेछ। अहिले नै केही क्षेत्रमा स्लो डाउन हुँदा इकोनोमिक मुभमेन्ट कम भैसकेको छ। 

कोरोनाको प्रभाव यही हिसाबले बढ्यो भने पर्यटन क्षेत्र धरासायी हुन्छ। हाम्रो अर्थतन्त्र पर्यटन र रेमिट्यान्सले चलेको छ। यि दुवै क्षेत्रलाई असर गर्दा नेपालको समग्र अर्थतन्त्रमै असर गर्छ। यि दुवै पक्षले नेपालको अर्थतन्त्रलाई ड्राइभ गरिरहेका छन्। यो नेपालको लागि राम्रो संकेत होइन। विगतमा हाम्रो अर्थतन्त्र जसरी अगाडि बढिरहेको थियो अबका दिनमा केही प्रभाव पर्छ। रेमिट्यान्स आइरहेकै छ चलिरहेकै छ भन्ने अवस्था थियो अब नहुन सक्छ।

कोरोनाको प्रभाव लम्बिँदै जाने हो भने नेपालको अर्थतन्त्र धरासायी हुने देखिन्छ। यसको ठूलो प्रभाव दैनिक जीवन तथा बैंकिङ तरलतामा देखा पर्नेछ। वैदेशिक मुद्राको सञ्चितीले नेपालको ८ महिनासम्मको आयातलाई धान्न सक्ने अवस्था छ। रेमिट्यान्स नआउने हो भने विदेशी मुद्राको सञ्चिती थप घट्दै जाने छ। 

चीनमा कोरोनाले ठूलो प्रभाव पार्दा नेपालको रेमिट्यान्समा खासै प्रभाव नपारे पनि भारतमा संक्रमणदर बढ्दै गर्दा ठूलो असर देखिनेवाला छ।

मिट्यान्सबाहेक अन्य पक्षबाट पनि नेपालीहरू सबैभन्दा धेरै प्रभावित हुनेछन्। त्यसमा पनि भारतको अर्थतन्त्रको बृद्धिदर पछिल्लो समय त्यति राम्रो छैन। भारतको अर्थतन्त्रको बृद्धिदर घट्दो क्रममा रहेकोले भारतमा काम गर्न जाने नेपालीको आम्दानीमा पनि प्रभावित पार्नेछ।  

रेमिट्यान्स धेरै आउनेमा भारत दोस्रो नम्बरमा पर्छ। पहिला पहिला भारतमा गएका नेपालीहरूले कमाएको पैसा बोकेरै ल्याउँथे। हाम्रो सबैभन्दा धेरै व्यापार भारतसँग छ। आयात हुँदा भारतीय मुद्रामा बढि हुन्छ। 

अहिले सरकारले हामीसँग भएको विदेशी मुद्रा अमेरिकी डलर बेचेर भारतिय मुद्रा किनिरहेको छ। हामीलाई भारतबाटै ठूलो मात्रामा रेमिट्यान्स आयो भने हामीले डलर बेचिरहनु पर्दैन। अब हामीले भारतमा धेरै फोकस गर्नुपर्ने हुन्छ। 

हाम्रो रेमिट्यान्सको प्रमुख स्रोत मेलेसिया हो। अहिलेसम्मको अवस्थामा मलेसिया सबैभन्दा कम असर देखिएको देश हो। मलेसिया कम्बोडिया थाइल्याण्डले कोरोनाको संक्रमण बढ्न नदिन राम्रो प्रबन्ध मिलाएका छन्। यि देशबाट आउने बाहेक अन्य देशबाट आउने रेमिट्यान्समा ठूलो प्रभाव पार्छ। लामो समयसम्म कोरोना रहिरह्यो भने नेपालका लागि धेरै ठूलो असर गर्नेछ। 

(पोखरेल आइएमईका प्रमुख कार्यकारी अधिकृत हुन्।)

प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  ०९:२५
  • #sumanpokharel

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत
‘निजामती प्रशासनलाई कठपुतली बनाउन खोजियो, कर्मचारी त्रासमा छन्’: महासचिव पोखरेल
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत शनिबार, असोज २४, २०८३
‘निजामती प्रशासनलाई कठपुतली बनाउन खोजियो, कर्मचारी त्रासमा छन्’: महासचिव पोखरेल शनिबार, असोज २४, २०८३
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ शनिबार, असोज २४, २०८३
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला शनिबार, असोज २४, २०८३
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्