• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन १६, २०८३ Sat, Aug 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

रेमिट्यान्स आएकै छ, देश चलिहाल्छ नि भन्ने दिन नआउन सक्छ

सुमन पोखरेल सोमबार, चैत ३, २०७६  ०९:२५
1140x725

नेपालको रेमिट्यान्स आप्रवाहमा केही समयदेखि नकारात्मक संकेत देखिँदै आएको छ। विश्वव्यापीरूपमा कोरोनाको प्रभाव बढ्दै गर्दा यसको प्रत्यक्ष असर नेपालको रेमिट्यान्समा पुग्ने देखिन्छ।  

अहिले नै यति प्रतिशतले रेमिट्यान्स प्रभावित हुन्छ भन्ने बेला भइसकेको छैन। तर भविष्यमा यसको प्रभाव धेरै हुनेछ। अमेरिकी डलरको भाउ बढेकाले पछिल्ला केही महिनामा नेपालमा आउने रेमिट्यान्स बढेको देखिन्छ। नेपाली पैसा अवमूल्यन हुँदै गर्दा यसको फाइदा विनिमय दरमा हुन्छ। यसले गर्दा विदेशमा बसेका नेपालीले पैसा पठाइरहेका छन्। यो वृद्धि क्षणिक मात्र हो। 

कोरोनाको संक्रमण विश्वव्यापी रूपमा बढ्दै गर्दा अबका दिनमा के हुन्छ भन्ने अहिले चासोको मुख्य विषय हो। अबको अवस्था डरलाग्दो हुन सक्छ। हाम्रो रेमिट्यान्सको प्रमुख स्रोत मलेसिया र मध्यपूर्वी देश हुन्। कोरोना आउनु अगाडिदेखि नै ती देशबाट आउने रेमिट्यान्समा अपेक्षित वृद्धि थिएन। 

युएइबाट आउने रेमिट्यान्समा पनि धेरै वृद्धि हुन सकेको थिएन। मलेसियामा पूरै नकारात्मक नै थियो। मेलेसियाबाट आउने रेमिट्यान्स धेरै घट्यो। 'फ्री-भिसा फ्री-टिकट'को लफडामै धेरै लामो समय व्यतित भयो। यस अवधिमा धेरै किसिमका अलमल भए। 

मलेसियाका कम्पनीले नेपालबाट भन्दा बंगलादेशबाट कर्मचारी लैजान थाले। मलेसिया जाने नेपालीको संख्या धेरैले घट्यो। यताबाट जाने हवाइजहाज खाली हुने र उताबाट आउने हवाइजहाज भरिने अवस्थाले गर्दा मलेसियाबाट आउने रेमिट्यान्स घट्यो। 

विदेशबाट आउने रकमसँगै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि घटिरहेको छ। यस अवधिमा स्थानीयस्तरमै रोजगारी सिर्जना भएको हुन सक्छ। सरकारले स्थानीय तहमा धेरै बजेट पठाएको छ। यसले स्थानीयस्तरमै काम पाउने अवस्था सिर्जना भयो। साथै राष्ट्रियस्तरका आयोजनामा पनि कामदार चाहिने भएकाले विदेशिने नेपालीको संख्या कम भएको हुन सक्छ। 

यी सबै कारणले गर्दा मलेसिया र मध्यपूर्वी देशमा ठूलो प्रभाव परेको हो। ती देशमा त्यति धेरै सकारात्मक संकेत देखिएको थिएन। तर जापान र कोरिया हाम्रो लागि राम्रो थियो। नेपालीहरू जापान र कोरियामा जाने क्रम बढिरहेको थियो। यि देशमा कमाइ राम्रो भएको हुँदा रेमिट्यान्स पनि बढ्दो क्रममा देखिएको हो। जापानबाट गैरकानुनी च्यानलबाट आउने पैसा कम भइसकेको थियो। 

कोरियामा हुण्डीको कारोबार धेरै थियो। त्यो पनि निजी क्षेत्र गैसकेपछि कम भैसकेको थियो। मलेसिया र मध्यपूर्वी देशबाट भित्रिने रेमिट्यान्स कम हुँदै गर्दा यि देशले धानिरहेको थिए। तर पछिल्लो समय तीन देशमा कोरोनाले आतंक सिर्जना गरेको छ। कोरियामा संक्रमण दर घटिरहेकोले आशा गरौँ अब धेरै असर नगर्ला।

nimb
nimb
Ncell 2
Ncell 2

चीनपछि कोरोनाको राम्रो नियन्त्रण कोरियामा देखिन्छ। यति हुँदाहुँदै पनि सतर्कता अपनाइएको छ। बाहिरै निस्कन दिइएको छैन। काममा जाने क्रम नै घटेको छ। अहिलेसम्म उनीहरूले खाइपाइ आएको तलब सुविधामा असर परिसकेको छैन। अझै लामो समयसम्म यसको प्रभाव रहिरह्यो र बन्द भइदियो भने समस्यामा पर्न थाल्नेछन्। जस्तो कृषि क्षेत्रमा पनि काम भइदिएन भने उनीहरूले तलब सुविधा यही नै हुन्छ भनेर भन्न सक्ने अवस्था छैन। यदि उनीहरूले कर्मचारी फिर्ता पठाए भने? न त्यहीँ नै तलब सुविधा नदिएर बिदामा राख्छन् वा के गर्लान् भन्ने विषयमा अहिलेसम्म केही पनि आइसकेको छैन। ती देशका स्थानीयस्तरमा त्यस्ता किसिमका कार्यक्रम आइसकेको छैन। 

यदि काममा जानेदर घट्दै गयो उनीहरूको आम्दानी घट्दै जानेछ र यसको असर रेमिट्यान्समा पर्नेछ। जापानमा धेरैजसो नेपालीहरूले रेष्टुरेन्टमा काम गर्छन्। त्यहाँ अहिले मानिसहरूको आउने जाने क्रम नै घटिसकेको छ। रेष्टुरेन्ट नचल्नासाथ नेपालीहरूको आम्दानी घट्छ। रेष्टुरेन्ट चेलेनन् भने मात्रै पनि जापानबाट आउने रेमिट्यान्समा ठूलो गिरावट हुनेछ। अहिले नै प्रभाव देखिएको छैन। तर अब आउने मार्चको अन्त्यसम्ममा देखिन थाल्नेछ। 

हाम्रो रेमिट्यान्सको दोस्रो ठूलो स्रोत युरोप तथा अमेरिका हो। त्यहाँ पनि अवस्था खराब छ। अब के हुन्छ भन्ने कुरा अन्यौल छ। इटाली, स्पेनमा महामारी देखिसकेको छ। बेल्जियममा समेत स्कूल/कलेज बन्द भइसकेका छन्। समग्र युरोपमै यस्तै प्रभाव देखिनेवाला छ। 

यसले ह्वाइट कलरसँगै ब्लु कलर काम गर्नेहरूलाई समेत असर गर्‍यो। यी दुबै क्षेत्रमा देखिएको असर अलि डरलाग्दो छ। पहिले पहिले ब्लु कलर जब होल्डरको रेमिट्यान्स आएन भने पनि ह्वाइट कलरवालाको आउँछ अनि धान्न सक्छ भन्ने अवस्था थियो। अब त्यो पनि छैन। विदेशमा रहेका हाम्रा प्रतिनिधिहरूका अनुसार त्यहाँको अवस्था विस्तारै खराब बन्दै गएको छ। 

यसको प्रभाव अझै कतिलामो समयसम्म जान्छ भन्ने कुराले नेपालमा कति हदसम्म पर्छ भनेर विश्लेषण गर्नुपर्ने हुन्छ। नेपालको अर्थतन्त्रको आकार नै सानो छ। त्यसमा पनि रेमिट्यान्सको हिस्सा २९ प्रतिशत भएको हुँदा यसको असर धेरै नै ठूलो हुनेछ। 

रेमिन्ट्यान्समा हुने सानो परिवर्तनले पनि नेपालको अर्थतन्त्रमा ठूलो असर गर्छ। यसले समग्र नेपालको अर्थतन्त्रमै प्रभाव पार्छ। नेपालमा विदेशबाट रेमिट्यान्स मात्रै वार्षिक साढे आठ खर्ब रूपैयाँभन्दा माथि छ। महिनामा ७५ अर्ब भन्दा धेरै आउँछ। जसमा एक महिनाको मात्रै पैसा आएन भने नेपालको अर्थतन्त्रमै ठूलो असर पर्छ। सबैभन्दा पहिले बैंकको तरलतामा असर गर्छ। 

तर अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रति ब्यारेल ३० डलर भन्दा तल आइसकेको छ। यसो हुँदै गर्दा नेपालको व्यापार घाटामा थप न्यूनता आउनेछ। तेलको मूल्य सस्तो हुँदा आयातको लागि आवश्यक पर्ने विदेशी मुद्रा त्यति धेरै खर्च हुँदैन। 

यसले केही हदसम्म सन्तुलन हुन सक्छ। नेपालमा धेरै आयात हुने तेल, स्टिल, गाडी र खाद्यान्नमा कमी आउने बित्तिकै व्यापार घाटा कम देखिन्छ।  पछिल्लो समय गाडीको आयात धेरै कम छ। विकास निर्माणको काममा कमि आएसँगै स्टिलको आयातसमेत धेरै कम छ। 

यि सबै क्षेत्रको सुधारका लागि हामीलाई रेमिट्यान्स चाहिन्छ। यसले आयात निर्यात दुबैतर्फ प्रभावित पार्छ। आयातमा भएको कमीले तत्कालका लागि सन्तुलन देखाए पनि दीर्घकालीन्‌रूपमा भने धेरै असर पार्नेछ। अहिले नै केही क्षेत्रमा स्लो डाउन हुँदा इकोनोमिक मुभमेन्ट कम भैसकेको छ। 

कोरोनाको प्रभाव यही हिसाबले बढ्यो भने पर्यटन क्षेत्र धरासायी हुन्छ। हाम्रो अर्थतन्त्र पर्यटन र रेमिट्यान्सले चलेको छ। यि दुवै क्षेत्रलाई असर गर्दा नेपालको समग्र अर्थतन्त्रमै असर गर्छ। यि दुवै पक्षले नेपालको अर्थतन्त्रलाई ड्राइभ गरिरहेका छन्। यो नेपालको लागि राम्रो संकेत होइन। विगतमा हाम्रो अर्थतन्त्र जसरी अगाडि बढिरहेको थियो अबका दिनमा केही प्रभाव पर्छ। रेमिट्यान्स आइरहेकै छ चलिरहेकै छ भन्ने अवस्था थियो अब नहुन सक्छ।

कोरोनाको प्रभाव लम्बिँदै जाने हो भने नेपालको अर्थतन्त्र धरासायी हुने देखिन्छ। यसको ठूलो प्रभाव दैनिक जीवन तथा बैंकिङ तरलतामा देखा पर्नेछ। वैदेशिक मुद्राको सञ्चितीले नेपालको ८ महिनासम्मको आयातलाई धान्न सक्ने अवस्था छ। रेमिट्यान्स नआउने हो भने विदेशी मुद्राको सञ्चिती थप घट्दै जाने छ। 

चीनमा कोरोनाले ठूलो प्रभाव पार्दा नेपालको रेमिट्यान्समा खासै प्रभाव नपारे पनि भारतमा संक्रमणदर बढ्दै गर्दा ठूलो असर देखिनेवाला छ।

मिट्यान्सबाहेक अन्य पक्षबाट पनि नेपालीहरू सबैभन्दा धेरै प्रभावित हुनेछन्। त्यसमा पनि भारतको अर्थतन्त्रको बृद्धिदर पछिल्लो समय त्यति राम्रो छैन। भारतको अर्थतन्त्रको बृद्धिदर घट्दो क्रममा रहेकोले भारतमा काम गर्न जाने नेपालीको आम्दानीमा पनि प्रभावित पार्नेछ।  

रेमिट्यान्स धेरै आउनेमा भारत दोस्रो नम्बरमा पर्छ। पहिला पहिला भारतमा गएका नेपालीहरूले कमाएको पैसा बोकेरै ल्याउँथे। हाम्रो सबैभन्दा धेरै व्यापार भारतसँग छ। आयात हुँदा भारतीय मुद्रामा बढि हुन्छ। 

अहिले सरकारले हामीसँग भएको विदेशी मुद्रा अमेरिकी डलर बेचेर भारतिय मुद्रा किनिरहेको छ। हामीलाई भारतबाटै ठूलो मात्रामा रेमिट्यान्स आयो भने हामीले डलर बेचिरहनु पर्दैन। अब हामीले भारतमा धेरै फोकस गर्नुपर्ने हुन्छ। 

हाम्रो रेमिट्यान्सको प्रमुख स्रोत मेलेसिया हो। अहिलेसम्मको अवस्थामा मलेसिया सबैभन्दा कम असर देखिएको देश हो। मलेसिया कम्बोडिया थाइल्याण्डले कोरोनाको संक्रमण बढ्न नदिन राम्रो प्रबन्ध मिलाएका छन्। यि देशबाट आउने बाहेक अन्य देशबाट आउने रेमिट्यान्समा ठूलो प्रभाव पार्छ। लामो समयसम्म कोरोना रहिरह्यो भने नेपालका लागि धेरै ठूलो असर गर्नेछ। 

(पोखरेल आइएमईका प्रमुख कार्यकारी अधिकृत हुन्।)

प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  ०९:२५
  • #sumanpokharel

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देवानगञ्ज गोलीकान्डका मृतकका परिवारले शव बुझेनन्, दबाबमा सहमति गराइएको भन्दै विरोध
प्रधानमन्त्री शाहले थाले तराई मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल
राष्ट्रपति पौडेलद्वारा समवेदना प्रकट
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
राष्ट्रपति पौडेलले गरे प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल शुक्रबार, साउन १५, २०८३
तराई-मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग शुक्रबार, साउन १५, २०८३
सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप शुक्रबार, साउन १५, २०८३
देवानगञ्ज गोलीकाण्ड : शव बुझ्न सहमति, पोस्टमार्टमको तयारी शुक्रबार, साउन १५, २०८३
देवानगञ्ज गोलीकान्डका मृतकका परिवारले शव बुझेनन्, दबाबमा सहमति गराइएको भन्दै विरोध शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
आईजीपीले रोहिङ्ग्या चुनाैती सार्वजनिक गरेलगत्तै सुनसरीमा हिन्दु र मुस्लिमबीच झडप भयो : आशिका तामाङ बिहीबार, साउन १४, २०८३
मधेशका शीर्ष नेताहरूसँग बालेनले भने- म संघीयता विरोधी होइन, बोलेको कुरा पूरा गर्छु शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्