• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रियसभा सदस्यमा भाग मिलाएका देउवालाई शेखरको 'ब्रेक'

64x64
लिलु डुम्रे आइतबार, चैत २, २०७६  १७:२०
1140x725

काठमाडौं– फागुन १४ मा बसेको नेकपा सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गर्‍यो। बैठक सकिएको केही बेरमै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाललाई जानकारी दिए, 'सचिवालयको निर्णय अनुसार म गौतमलाई सिफारिस गर्न सक्दिनँ।'

ओलीले सोही दिन नेता नेपालसँग बालुवाटारमा थप छलफल गरे। भोलिपल्ट बिहानै कांग्रेस नेता डा शेखर कोइरालालाई पनि भेटे। सो भेटमा पार्टीभित्र आफूलाई अप्ठ्यारोमा पारिएको भन्दै प्रधानमन्त्रीले गुनासो गरेको विषय सार्वजनिक भएको थियो। तर, प्रधानमन्त्रीले राष्ट्रियसभामा मनोनित सांसदको संख्या ९ जना पुर्‍याउने र त्यसमा कांग्रेससँगको भागबन्डाका विषयमा छलफल गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ।

'राष्ट्रपतिबाट मनोनित सदस्यको संख्या ९ जना पुर्‍याउने र कांग्रेसबाट ३ जना हुने सहमति शेरबहादुरजीसँग भएको छ,' प्रधानमन्त्रीले कोइरालालाई भनेका थिए, 'यसबारे तपाईंको धारणा के छ?'

प्रधानमन्त्रीले यस विषयमा कांग्रेसमा देउवाइतर समूहको धारणा बुझ्न कोइरालासँग कुरा गरेका बताएका थिए। 'तपाईंहरूको पार्टीमा अलि विवाद छ। भोलि सार्वजनिक रुपमै विवाद उठ्यो भने झमेला हुन्छ। त्यसैले तपाईंको धारणा बुझ्न खोजेको हुँ,' प्रधानमन्त्रीले कोइरालालाई भनेका थिए।

प्रधानमन्त्रीको प्रस्तावबाट सुरुमा अचम्मित भएका कोइरालाले आफ्नो पार्टीमा बहस नभएको यस विषयप्रति ठाडै असहमति राखेका थिए।

'बिना औचित्य संविधानलाई यसरी चलाउनु राम्रो हुँदैन,' कोइरालालाई उद्धृत गर्दै स्रोतले भन्यो, 'पार्टीभित्रको अप्ठ्यारो मिलाउन संविधान संशोधन गर्दै जाने हो भने भयावह स्थिति आउँछ।'

स्रोतले भन्यो, ‘सभापति देउवाले तीन जना कांग्रेसले पाउने सर्तमा सहमति जनाउनुभएको रहेछ। सभापतिले दिएको सहमतिको कार्यान्वयन हुन सक्ने/नसक्ने बुझ्नका लागि कोइरालासँग खोज्नुभएको हो।’

डेढ घन्टा बढी समय भएको भेट वार्तामा मुख्यतः राष्ट्रियसभामा सदस्य बढाउने विषयमै केन्द्रित रहेको बताइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

भेटघाटको चार दिनपछि नै प्रधानमन्त्री ओली मिर्गौता प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका थिए।

फागुन २० अर्थमन्त्री युवराज खतिवडाले पदबाट राजीनामा दिएर भोलिपल्टै पुन सपथ लिएका थिए।

सचिवालयले गौतमलाई राष्ट्रियसभा सदस्यमा पठाउन गरेको निर्णय ओझेलमा परेको छ।

गौतम राष्ट्रियसभा सदस्य बन्ने चर्चासँगै संविधान संशोधनको विषय नेकपाभित्र उठ्न थालेको हो। मुख्यगरी राष्ट्रियसभा सदस्य समेत प्रधानमन्त्री बन्न पाउनेगरी संविधान संशोधन गरिनुपर्ने गौतमको माग थियो। त्यसका अतिरिक्त अन्य केही प्रावधानको पनि संशोधनको विषयमा प्रधानमन्त्री थिए। सोही अनुसार, राष्ट्रियसभा सदस्यको संख्या बढाउने प्रयासमा ओली छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अहिले संविधानको अनुसार राष्ट्रियसभामा राष्ट्रपतिले ३ जना मनोनित गर्ने प्रावधान छ। दुई वर्षे पदावधि पूरा गरेका खतिवडाको पद रिक्त छ। नेकपाले गौतमलाई सदस्य बनाउने निर्णय गरे पनि कार्यान्वयन भइसकेको छैन। प्रधानमन्त्रीको चाहना अनुसार खतिवडाको पुनः नियुक्ति भइसकेको पनि छैन।

प्रकाशित मिति: आइतबार, चैत २, २०७६  १७:२०
  • #nepali_congress
  • #deuba
  • #देउवा
  • #शेखर
  • #कांग्रेस
  • #shekhar

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्