काठमाडाैं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरस परीक्षणकाे रिपोर्ट आइपुगेको छ। ट्रम्पको कोरोना टेस्ट नेगेटिभ देखिएकाे समाचार एजेन्सी पीटीआईले व्हाइट हाउसका चिकित्सकहरूलाई उदृत गर्दै जनाएकाे छ।
राष्ट्रपति ट्रम्प कोरोना भाइरसबाट संक्रमित छैनन्। ट्रम्पले अमेरिकी समयअनुसार शुक्रबार कोरोना भाइरसको परीक्षण गरेका थिए। परीक्षणकाे रिपोर्ट २४ घण्टाभन्दा कम समयमा आएकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।