काठमाडौं- गायक खेम सेन्चुरीकाे स्वरमा रहेकाे लोक गीत 'म रोएको सुन्छ्यौ हौला र'? सार्वजनिक भएको छ।
गणेश केसीको शब्द तथा स्वयं गायक सेन्चुरीकै सङ्गीत रहेको उक्त गीतमा जीवनसाथी गुमाएपछिको दुःखद कथालाई समेटिएको छ। श्रीमान्-श्रीमतीमात्रै रहेकाे परिवारमा सन्तानको आगमन हुँदैछ भन्ने खबरपछि छाएको खुसीमा बाँचेका जोडी गीतमा बिछोडिएका छन्।
सन्तानको आगमनको सपना बुनेर बसेकालाई एकाएक श्रीमती र संसार देख्न नपाउँदैको सन्तानले छोडेर जाँदा एक्लो हुनुकाे पीडा समेटिएकाे गीतमा ईश्वरबाबु र जुना गुरुङले अभिनय गरेका छन्। गीतमा श्रीमतीको मृत्युपछि भुल्न नसकेर उनकै यादमा पागल बनेको दृश्य निकै पीडादयी छ।
गीतलाई कपिल लामाले निर्देशन गरेका छन् भने संगीत संयोजन बिनोद बाजुरालीको रहेको छ। गीत गणेश केसीको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो।
हेर्नुस् भिडियाे
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।