चितवन– भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार साँझ यात्रुबाहक बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको ना५ख २५५५ नम्बरको बसले ठक्कर दिँदा स्थानीयवासी ६० वर्षीय शंकर आलेकोे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीयवासीले बसमाथि तोडफोड गरेका छन्। ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।