• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सम्पादकीय : कोरोनाको जोखिमप्रति असंवेदनशील सरकार

64x64
नेपाल लाइभ बिहीबार, फागुन २९, २०७६  १७:२८
1140x725

कोरोना भाइरस (कोभिड- १९) को संक्रमण विश्वभर तीव्र रूपमा फैलिइरहेको छ। कतिपय देशमा छोटो समयको अवधिमा धेरैलाई संक्रमण भएका खबरहरू आइरहेका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसलाई महामारी घोषणा गरिसकेको छ। नेपालमा त्यस्तै खालको अवस्था सिर्जना भइसकेको त छैन। तर, केही मानिसमा संक्रमणको आशंका गर्न थालिएको छ। यसको त्रास भने व्यक्ति-व्यक्तिमा फैलिइसकेको छ।

त्रास फैलनुका केही कारण छन्। पहिलो, कोरोनाको संक्रमण देखिन र दर बढ्न थाल्यो भने भरपर्दो स्वास्थ्य सहयोग पाइँदैन भन्ने धेरैको बुझाइ छ। दोस्रो, अत्यावश्यक वस्तु र सेवाको उपलब्धता अप्राप्य हुन्छ। तेस्रो, विश्वभर महामारीको अवस्था सिर्जना भइसक्दा पनि सरकारले आम जनतालक्षित कुनै रणनीति पहिल्याउन सकेको छैन।

कहिले कोरोना मुक्त देश घोषणा गर्ने लहड, कहिले कोरोनाले हिमाल ननाघ्ने अभिव्यक्ति तथा कहिले आफैं क्वारेनटाइनमा बस्नुपर्ने उर्दी। कोरोना सम्बद्ध विषय यसरी चर्चामा आइरहेका छन्। जसले नागरिकलाई निराशा र त्रास वितरण गर्नु स्वभाविक हो।

हामी संक्रमण फैलिइहाले के गर्ने भनेर तयारी र सचेत बन्ने भन्दा पनि नेपालमा फैलिएको छैन वा फैलिँदैन भन्ने रमाइलोमा भुलिरहेका छौं। जब भाइरस फैलिन्छ, त्यसले हाम्रा सबै गतिलाई उछिन्छ भन्ने नै हामीले ख्यालै गरेका छैनौं। जिम्मेवारी व्यक्तिबाट आएका कतिपय अभिव्यक्ति र न्यून संवेदनशीलताले त्यस्तै बुझाउँछ।

कोरोनाको महामारी देखिनासाथ सरकारले गर्नुपर्ने के थियो? वा अहिले गर्नुपर्ने के हो? यस्ता विषयमा सरकारी तयारी र रणनीति शून्य छ। कोरोनाको जोखिम सम्बोधन गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि उच्चस्तरीय समन्वय समिति बनाइएको छ। यो समितिको काम भनेको 'काम गर्दैछौं' भनेर देखाउनमै सीमित छ।

भाइरसको तीव्र फैलावटलाई अवरोध गर्ने उपाय पहिल्याउने र त्यसलाई कडाइका साथ लागू गराउनेतिर सरकारको रणनीति अपेक्षित छ। यो रणनीति अहिलेलाई मात्रै होइन, कालान्तरमा कोरोना संक्रमण देखिन थालेमा पनि अपनाउनुपर्ने हुन्छ। तर, त्यसका निम्ति हाम्रा तयारी आशालाग्दा छन् त?

सरकारले धेरै मानिस जम्मा भएर सम्पन्न गरिने कार्यक्रमलाई निरुत्साहित गर्न सकेको छैन। आवश्यकताअनुसार कडाइ गर्नुपर्ने दायित्वबोध सरकारबाट भएको छैन। विवाह तथा पार्टी लगायतका धेरै मानिस जम्मा हुने कार्यक्रम निर्बाध भइरहेकै देखिन्छ।

अर्कोतर्फ, पहिल्यै बन्द गरिसक्नुपर्ने स्कुल तथा कलेजहरू अहिले पनि सञ्चालनमै छन्। बालबालिका विद्यालय पठाउनुपर्दा उनीहरूमा संक्रमणको सम्भावना र अभिभावकमा चिन्ता बढेको छ। स्कुल तथा कलेज बन्द गरेर त्यसलाई सम्भावित क्वारेन्टाइनस्थलमा परिणत गर्न सकिने सम्भावनातर्फ सरकारले ध्यान दिएको छैन।

nimb
nimb
Ncell 2
Ncell 2

स्कुल/कलेज बन्द गरिएको भए काठमाडौंको जनघनत्व कम हुने थियो। कारण, काठमाडौंमा स्कुल कलेज बन्द भएका बखत यहाँका धेरै विद्यार्थीहरू काठमाडौंबाट बाहिरिने विगत छ। जनघनत्व नै कम भएको अवस्थामा संक्रमणको प्रशारण दर कम हुने थियो। साथै, बजारमा अत्यावश्यक वस्तुको परिपूर्तिलाई पनि केही हदसम्म सहज बनाउँथ्यो। त्यस्तै, यहाँबाट बाहिरिने विद्यार्थीले आफू पुग्ने ठाउँमा संक्रमणबाट जोगिने उपाय, सही र सहज सूचना प्रवाह गर्ने थिए। यो उपायलाई अझै कार्यान्वयन गर्न सकिन्छ।

होइन भने मौजुदा प्रणालीबाटै हामी सबै सुविधा दिन सक्छौं भन्ने भरोसा सरकारले दिलाउनुपर्छ। पछि, 'भत्केको घरको बिग्रेको चाला' भन्ने उखान चरितार्थ गर्ने छुट सरकारलाई हुँदैन। त्यो स्वीकार्य पनि छैन। 

अहिलेसम्म संक्रमण देखिएका छैनन्। त्यो राम्रो पक्ष हो। अहिलेको बहस पनि संक्रमण फैलिएमा के गर्ने भन्नेमा हो। किनकि, महामारीसँग लड्ने हाम्रो क्षमता कमजोर नै छ। त्यसैले तयारीका लागि उपलब्ध समयलाई सदुपयोग गर्नु हाम्रै हितमा छ। सम्भावित संक्रमणको महामारीका बीच हतारमा जथाभावी हास्यास्पद र हचुवा निर्णय हुनुभन्दा अहिले सोचिराख्नु राम्रो हो।

यसैबीच, सरकारले कालोबजारी नियन्त्रण र सहज आपूर्तिमा सरकारले विशेष ध्यान दिन जरुरी छ। सरकारले अहिले जतिसुकै सहज उपलब्धताको दाबी गरेको भए पनि ग्यास तथा अन्य आवश्यक वस्तुको अभाव छ। मास्क तथा स्यानिटाइजरको अभावमा त सरकार लाचार नै भइहाल्यो। तर, बजारमा भएकै वस्तुको सहज उपलब्धताको सुनिश्चिता पनि गर्न सकेको छैन। सरकारको व्यवस्थापन क्षमतामाथि मात्रै होइन, अभिभावकीय क्षमतामाथि पनि प्रश्न उठेको छ। नागरिक सोध्न थालेका छन्- यस्तो बेलामा पनि आफू हुनुको बोध गराउन नसक्ने सरकार अरुबेला किन चाहिन्छ?

जटिल अवस्था अझै आइसकेको छैन। संक्रमण देखिन थाल्यो र त्यसको दर बढ्न थाल्यो भने मुख्य सहरको अवस्था निकै जटिल हुने छ। खानेपानीको समेत सहज आपूर्ति हुन नसक्ने काठमाडौं लगायतको सहरमा मानिस के खाएर संक्रमण विरुद्ध लड्लान्? एकजना मन्त्रीले सुझाएको 'सेल्फ क्वारेन्टाइन'को सूत्रले त्यस खालको जटिलताबाट पार लगाउला?

प्रश्न हाम्रो स्वास्थ्य सेवामाथि पनि छ। पहिलो त, यो विश्वसनीय छैन। दोस्रो, बिरामी मैत्री छैन। तेस्रो, छिटो छरितो छैन। त्यसको कारण छ। लामो शृंखला छ। तर, बहस हुने बेला नभएको यस विषयलाई अहिले उधिन्नु जरुरी छैन। तर, संक्रमणको दर फैलिन थाल्यो भने बिरामीले सहज स्वास्थ्य सेवा पाउँछन् भनेर विश्वस्त बनाउने दायित्व सरकारको हो। के सरकार तयार छ? गम्भीर छ?

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६  १७:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ललितपुर अदालतले दिएन श्रेष्ठलाई पक्राउ अनुमति
सदनमा झोक्किइन ज्वाला–‘प्रश्न कालो चस्मामाथि होइन, प्रतिपक्षीको कालो नियतमाथि हो’
बागमती एमालेमा सहमति, मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने निर्णय
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
ललितपुर अदालतले दिएन श्रेष्ठलाई पक्राउ अनुमति मंगलबार, भदौ २, २०८३
सदनमा झोक्किइन ज्वाला–‘प्रश्न कालो चस्मामाथि होइन, प्रतिपक्षीको कालो नियतमाथि हो’ मंगलबार, भदौ २, २०८३
बागमती एमालेमा सहमति, मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने निर्णय मंगलबार, भदौ २, २०८३
भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा कमाण्ड तथा स्टाफ कलेजको भ्रमण मंगलबार, भदौ २, २०८३
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्