काठमाडौं–कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आफूमातहतका ५ वटा निकायमा प्रमुख नियुक्त गरेको छ।
मन्त्रालयले बुधबार दुग्ध विकास संस्थान, राष्ट्रिय दुग्ध विकास बोर्ड, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, कृषि सामग्री कम्पनी लिमिटेड र कपास विकास समितिका प्रमुख नियुक्त गरेको हो।
दुग्ध विकास संस्थानको महाप्रबन्धकमा रुद्रप्रसाद पौडेल, राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा डा राजेन्द्रप्रसाद यादव र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशकमा डा विष्णुप्रसाद भट्टराईलाई नियुक्त गरिएको छ।
त्यस्तै, राष्ट्रिय चिया तथा कफी विकास बोर्डको उपाध्यक्षमा गोपालप्रसाद पोखरेल, कृषि सामग्री कम्पनी लिमिटेडको अध्यक्षमा शशिराज तुलाधर र महाप्रबन्धकमा नेत्रबहादुर भण्डारी नियुक्त भएका छन। राष्ट्रिय कपास विकास समितिको अध्यक्षमा रुद्रहरि ज्ञवाली नियुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।