काठमाडौं- नेपालमा आयात गरिने कच्चा पाम आयल इन्डोनेसियाबाट मात्र आयात गर्न भारतले नेपाललाई आग्रह गरेको छ।
मार्च ६ र ७ मा भारतमा आयोजना भएको इकोनोमिक टाइम्स ग्लोबल बिजनेस समिटका क्रममा भारत गएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मोतीलाल दुगडले भारतले नेपाललाई इन्डोनेसियाबाट मात्रै कच्चा पाम आयल आयात गर्न आग्रह गरेको बताए।
‘भारत भ्रमणका क्रममा दुई देशको लगानी र व्यापारका विषयमा भारतीय समकक्षीसँग र अरु उद्योगी व्यवसायीहरुसँग पनि मैले छलफल गरें। भारतले पाम आयलमा लगाएको प्रतिबन्ध र त्यसपछिको कोटा प्रणालीले नेपालका व्यापारीलाई समस्या परेका कुरा मैले त्यहाँ राखे,’ राज्यमन्त्री दुगडले भने। ‘नेपालबाट पाम आयल भारत निर्यातका लागि उसले इन्डोनेसियाबाट मात्रै कच्चा पदार्थ आयात गरेर प्रशोधन गर्न भनेको हो।’
नेपालले अहिले आयात गर्ने कच्चा पाम आयलमा ८० प्रतिशत इन्डोनेसिया र २० प्रतिशत मलेसियाबाट आयात भइरहेको छ। भारतले गत जनवरीमा सबै देशबाट हुने पाम आयलको आयातमा प्रतिबन्ध लगाएको थियो। तर नेपालको आग्रहपछि उसले पाम आयलमा कोठा प्रणाली लागू गरी परिमाणात्मक बन्देज लगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।