काठमाडौं- विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड-१९)का संक्रमितको संख्या इटालीमा १० हजार नाघेको छ।
पछिल्लो विवरणअनुसार चीनपछि सबैभन्दा धेरै इटालीमा १० हजार १ सय ४९ जनालाई कोरोना संक्रमण भएको छ भने ६ सय ३१ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै दक्षिण कोरियामा ७ हजार ७ सय ५५ जनालाई कोरानो संक्रमण भएको छ भने ६१ जनाको मृत्यु भएको छ।
विश्वभर १ लाख १९ हजार २ सय ९२ लाई कोरोनाका संक्रमण भएको छ भने ४३ सयको मृत्यु भएको छ।
६६ हजार ५ सय ८२ जना निको भएर घर फर्किएका छन्। विश्व स्वास्थ संगठनले यसअघि मृत्युदर ४ प्रतिशतमात्रै भनेको भए पनि अहिले ६ प्रतिशत पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।