काठमाडौं- चीनका लागि नेपाली राजदूतमा सिफारिस महेन्द्रबहादुर पाण्डेविरुद्ध उजुरी आह्वान भएको छ। सिंहदरबारमा बुधबार बसेको संसदीय सुनुवाइ विशेष समितिले पाण्डेविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो।
समिति सभापति लक्ष्मणलाल कर्णका अनुसार आजको बैठकले पाण्डेविरुद्ध उजुरी दिन सरकारी सञ्चारमाध्यममा १० दिने सूचना निकाल्न निर्देशन दिएको छ।
गत फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउँदै उनको ठाउँमा पाण्डेको नाम सिफरिस गरेकाे थियो। सुनुवाइ विशेष समितिले पाण्डेकाे नाम अनुमोदन गरेपछि मात्रै उनलाई राजदूतमा नियुक्तिको बाटो खुल्नेछ।
उनले चीनको आवासीय र उत्तर कोरिया तथा मंगोलियाको गैरआवासीय राजदूतको भूमिका पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।