काठमाडौं- उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसको बढ्दो संक्रमणबारे सर्वदलीय छलफल राखेका छन्। कोरोना भाइरसको रोकथाममा सरकारको तयारी कमजोर रहेको भन्दै आलोचना भइरहेका बेला पोखरेलले सर्वदलीय बैठक राखेका हुन्।
कोरोना भाइरस भित्रिन नदिन अपनाउनुपर्ने सजगता नअपनाएको, भित्रिएमा हुनसक्ने जोखिमको तयारी नगरेको, स्वास्थ्य क्षेत्रलाई तयारी अवस्थामा नराखेकाे भन्दै सरकारको आलोचना भइरहेको छ।
आलोचना बढेपछि कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न गठित उच्च स्तरीय समन्वय समितिका संयोजकसमेत रहेका पोखरेलले बैठक राखेका हुन्। बुधबार दिउसाे तीन बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बस्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।