काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पूर्वमन्त्री गोकुल बाँस्कोटाकाे घरमा आतंककारी समुहले बम विस्फाेट गराएकाे जनाएकाे छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञप्तिमार्फत बम प्रहारको घटना आपराधि समूहले गरेको उल्लेख गरेका छन्।
‘आतंककारी समुहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पुर्याएको छ। म हाम्रो पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भ्रत्सना गर्दछु।’ विज्ञप्तिमा भनिएको छ।
घटनामा संलग्न अपराधीहरुलाई नियन्त्रणमा लिन र कडा कानुनी कारवाही गर्न प्रचण्डले सरकारको ध्यानाकर्षण गराएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।