काठमाडौं- नेपाली बजारमा लगातालर बढिरहेको सुनको मूल्यमा ब्रेक लागेको छ। मंगलबारसम्म निरन्तर बढेको सुनको मूल्य बुधबार भने घटेको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो।
बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ८२ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै तेजावी सुनको मूल्य बुधबार प्रतितोला ८२ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ। मंगलबार तेजावी सुन प्रतितोला ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य भने स्थिर देखिएको छ। मंगलबार ८ सय ८० रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि पनि त्यति नै तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।