एजेन्सी- बेलायतकी स्वास्थ्यमन्त्री नदिन डोरिजलाई कोरोना भइरसको संक्रमण देखिएको छ। कोरोना संक्रमण देखिएपछि उनले चिकित्सकको सल्लाहमा आवश्यक उपचार र सुरक्षाका उपाय अपनाइरहेकी छन्। उनी निवासमा नै सेल्फ क्वारेन्टाइनमा छिन्।
बेलायतमा हालसम्म ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनाका कारण बेलायतमा ६ जनाको ज्यान गएको छ।
संक्रमण फैलने क्रम बढेपछि सरकारले परीक्षणलाई बढाउने भएको छ। सरकारले एक दिनमा १० हजार जनाको स्वास्थ्य जाँच गर्ने जनाएको छ। अहिले दैनिक १ हजार ५ सय जनाको परीक्षण हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।