काठमाडौं- मास्क र सेनिटाइजर बढी मुल्यमा बेच्ने उपत्यकाका ४ वटा मेडिकल तथा औषधि पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार जनही २ लाख रुपैयाँ जरिवाना तिराएको छ।
पुल्चोकको विद्या अल्का फार्मेसी (युनिट-क) र गौतम फार्मेसी एण्ड डाइग्नोस्टिक सेन्टर जावलाखेलको सदिक्षा मेडिकल हल र कुपण्डोलको शुभ सर्जिकल सप्लायर्सलाई २ लाख रुपैयाँ जरिवाना तिराइएको हो। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन शाखा निर्देशक सागर मिश्रले ती मेडिकल तथा औषधि पसलहरुले बढी मुल्यमा वस्तु बिक्री गरेको भेटिएका कारण कारबाही गरिएको बताए।
‘बढी मुल्यमा बस्तु बेचेको भेटियो। बिल पनि बढी मुल्यकै काटिरहेको हामीले पायौं,’ उनले भने। त्यस्तै कैलालीको धनगढीमा बढी मूल्यमा मास्क बेच्ने न्यू सोसिल श्रिंगार गृहलाई पनि २ लाख रुपैयाँ जरिवाना गरिएको छ। ५ रुपैयाँ पर्ने मास्कलाई ४० रुपैयाँसम्ममा बिक्री गरेको भेटिएपछि अनुगमन टोलीले कारबाही गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।