काठमाडौं- अर्थ मन्त्रालयले तीन सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयले बजेट तथा कार्यक्रम महाशाखा, राजस्व व्यवस्थापन महाशाखा, वित्तीय संघीयता समन्वय महाशाखा र आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख नयाँ जिम्मेवारी तोकिएको छ।
सहसचिव धनिराम शर्मा भट्टराईलाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी तोकिएको छ। उनी यसअघि राजस्व व्यवस्थापन महाशाखा प्रमुख थिए।
यसैगरी आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख रहेका सहसचिव यज्ञप्रसाद ढुंगेललाई राजस्व व्यवस्थापन महाशाखाको प्रमुख बनाइएको छ। केही समयअघि मात्रै उनको आन्तरिक राजस्व विभागको उपमहानिर्देशकबाट आर्थिक नीति विश्लेषण महाशाखामा सरुवा भएको थियो।
वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख रहेका सहसचिव डा रामप्रसाद घिमिरेलाई आर्थिक नीति विश्लेषण महाशाखामा लगिएको छ। श्रम मन्त्रालयबाट केही समयअघि मात्रै उनी अर्थ मन्त्रालय आएका थिए।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट केही दिनअघि मात्रै अर्थ मन्त्रालय आएका सहसचिव केदारप्रसाद पनेरुलाई वित्तीय संघीयता व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ। उनीसँगै अर्थ मन्त्रालय आएका सहसचिव भुपाल बरालको जिम्मेवारी महालेखा नियन्त्रक कार्यालयमा तोकिइसकेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट अर्थ मन्त्रालय आएका सहसचिव यामलाल भुषालको जिम्मेवारी तोकिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।