काठमाडौं- शेयर बजारमा मंगलबार दोस्रो नकारात्मक सर्किट लागेको छ। पहिलो एक घण्टाभित्र ४ प्रतिशतले नकारात्मक सर्किट लाग्दा २० मिनेटका लागि कारोबार बन्द गरिएको थियो।
पहिलो सर्किट लागेको तीस मिनेटमै ५ प्रतिशतको गिरावट भए पछि दोस्रो सर्किट लागेको हो। दोस्रो सर्किट पछि ४० मिनेटका लागि कारोबार बन्द भएको छ। दोस्रो सर्किटले एक बजेर १० मिनेट सम्म बन्द गरिएको छ।
नेप्से सूचक मंगलबार ७२ अंकले घटेर १३६३.६६ अंकमा रोकिएको छ। यदि शेयर बजार ६ प्रतिशतले गिरावट आयो भने दिनभरका लागि कारोबार बन्द गरिनेछ।
काेराेनाकाे प्रभावले केही दिनदेखि शेयर बजार लगातार घटिरहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।