काठमाडौं- प्राइफ लाइफ इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्ष सञ्चित मुनाफाबाट १२.५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७४/७५ को जगेडा कोषबाट २५ करोड ९ लाख रुपैयाँ बोनस शेयर दिने भएको हो।
कम्पनीको हालको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ छ। बोनस शेयरपछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब २५ करोड रुपैयाँ हुनेछ। कम्पनीले पछिल्ला वर्षको लाभांश दरलाई नघटाइ घोषणा गरेको हो। बोनस शेयरको कर प्रयोजनका लागि एक करोड ३२ लाख रुपैयाँ नगद लाभांशको घोषणा गरेको छ। उक्त लाभांश १२ औ वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन्।
कम्पनीले अझै गत आर्थिक वर्षको वार्षिक साधारणसभा गर्न बाँकी छ। बीमा कम्पनीहरुले समयमा लेखापरिक्षण गर्न नसक्दा साधारणभामा ढिलाइ हुने गरेको छ। सधै एक्चुरीलाई दोस दिएर उन्मुक्ति हुने बीमा कम्पनीले साधारणसमा हेलचेक्राइ गर्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।