काठमाडौं- नेपाली बजारमा सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ। मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८२ हजार ७ सय रुपैयाँ तोकिएको छ।
गत शुक्रबार छापावाल सुन ८२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार प्रतितोला २ सय रुपैयाँले बढेर सुनको मूल्य नयाँ उचाइमा पुगेको हो।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८२ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार तेजावी सुन प्रतितोला ८२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
तर चाँदीको मूल्य भने शुक्रबारको तुलनामा मंगलबार प्रतितोला १० रुपैयाँले घटेको छ। मंगलबार चाँदीको मूल्य तोलामा ८ सय ८० रुपैयाँ तोकिएको छ। गत शुक्रबार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।