राजविराज– पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको महुलीमा भएकाे सडक दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ।
पूर्व जाँदै गरेको स ५ प ९५४५ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको ना ३ प ८५२८ नम्बरको म्याजिक भ्यान आइतबार राति १० बजे ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको अग्निसाईर कृष्णाशवरण गाउँपालिका ५ का २४ वर्षिय प्रकाश चौधरी र पछाडि सवार अग्निसाईर कृष्णाशवरण–६ का २३ वर्षिय अनिल चौधरीको मृत्यु भएको छ।
टाउकोमा गम्भीर चोट लागेका दुवैलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको थियो। उपचारकै क्रममा सोमबार दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।