काठमाडौं- विश्व बजारमा कच्चा तेलको मूल्य उच्च दरमा घट्न थालेको छ। साउदी अरेबिया र रसियाबीचको पेट्रोलियम पदार्थको मूल्यमा भएको युद्धले कच्चा तेलको मूल्य उच्च दरमा घट्न थालेको हो।
कोरोना भाइरसको बढ्दो संक्रमण र पेट्रोलियम पदार्थको मूल्यमा भएको गिरावटसँगै संसारका अधिकांश देशका पुँजी बजार सूचकांक पनि ओरालो लागेको छ। साउदी अरेबियाको तेल उत्पादन कटौतीको प्रस्ताव रसियाले अस्वीकार गरेपछि बढेको 'इगो'को परिमाणस्वरुप मूल्य घट्न थालेको हो।
तेल उत्पादक प्रमुख देशहरु साउदी अरेबिया र रसियाको युद्धले विश्व बजार नै प्रभावित बनेको हो। अयल प्राइस डटकमले विश्व बजारमा कच्चा तेलको मूल्य २५ प्रितशतले घटेको जनाएको छ।
सोमबार बजारमा कच्चा तेलको मूल्य ४५ अमेरिकी डलरबाट कारोबार सुरु भएकोमा ३६ अमेरिकी डलरसम्म झरिसकेको छ। अमेरिकी बजारमा ३४ प्रतिशतले तेलको मूल्य घटेको छ। अमेरिकी बजारमा २७.३४ अमेरिकी डलर प्रतिब्यारेलमा झरेको तेलको मूल्य ४ वर्षयताकै न्यून हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।