काठमाडौं– नेपाली सेनाका प्राविधिक तर्फ सहसेनानी डा प्राकृत क्षेत्रीका लागि फागुन ४ चुनौती र अवसर दुवैको संम्मिश्रण बन्यो। सहसेनानी डा क्षेत्रीसहित १८ जनाको टोलीले चीनको वुहानबाट १ सय ७५ जनालाई उद्धार गरी नेपाल ल्याएको हो। मनमा थोरै डर अनि काँधमा ठूलो जिम्मेवारी बोकेर उनी कोरोना भाइरसको उद्गमस्थल चीनमा नेपाली लिन पुगेका थिए।
‘मनमा थोरै डर थियो तर ठूलो जिम्मेवारी पनि थियो,’ उनले भने देशले दिएको अवसर सम्झेर काम गर्यौं। सफल पनि भयौं। भाग्यवश उद्धार टोली र उद्धार गरी ल्याइएका कसैमा पनि कोरोना भाइरसको संक्रमण देखिएन।’ चीनबाट फर्काइएका नेपालीसँगै उनी पनि भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनका लागि १४ दिन बसे। चीनमा नेपाली लिन जाँदा र १४ दिनको क्वारेन्टाइनमा रहँदा डा क्षेत्रीसँग स्वास्थ्यखबरकी कमला गुरुङले गरेको कुराकानी भिडियोमा:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।