फाइल तस्बिर
काठमाडाैं- होलीको बहानामा दिउसै मादक पदार्थ पिएर सवारी चलाउनेलाई रोक्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनभर मापसे चेक शुरु गरेको छ। मापसे गरेर सवारी चलाउँदा हुनसक्ने दुर्घटना रोक्न काठमाडैं, ललिपुर र भक्तपुरका ७६ ठाउँमा चेक प्वाइन्ट राखिएको महाशाखाले जनाएको छ।
महाशाखा प्रमुख भीम ढकालका अनुसार उपत्यकाका तीन जिल्लामा १४ वटा मोबाइल भ्यानको गस्ती राखिएको छ भने चेक जाँचका लागि ५ सय ६६ ट्राफिक जनशक्ती खटाइएको छ।
मापसेसँगै ट्राफिकले तोकिएको संख्या भन्दा बढी यात्रु चढ्ने, मोटरसाइकलमा हेलमेट नलगाई चलाउनेलाई समेत कारवाही गरिरहेको छ। उता महानगरीय प्रहरी कार्यालयले जबर्जस्ती लोला र रङ्ग दल्ने, ठूलो स्वरमा गीत संगीत बजाउने र सवारी आवागमनमै प्रभावपर्ने गरी सार्वजनिक स्थान हुनसक्ने गतिविधि नियन्त्रणका लागि प्रहरी परिचालन गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।