काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) नेपालमा हालसम्म साढे ५ सय जनामा कोरोना भाइरसको नमुना परीक्षण, सामान्य रुघा–खोकी लाग्दा पनि सरुवा रोग अस्पतालमा पुग्नेहरुको संख्या बढ्यो ।
२) आर्थिक रुपमा सशक्त नभएसम्म महिलाहरुले अधिकार प्राप्त गर्न नसक्ने मन्त्री अर्यालको भनाइ, सदनदेखि सडकका महिला ताली पड्काउनमै सीमित भएको अभिनेत्री थापाको टिप्पणी ।
३) कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच एकीकरण गर्ने सहमति, महाधिवेशन नभएसम्म तीनै जना अध्यक्ष रहने ।
४) अस्ट्रेलियाले जित्यो महिला टी–२० विश्वकप क्रिकेटको उपाधि, भारतलाई ८५ रनले हराउँदै अस्ट्रेलिया बन्यो पाँच पटकको विश्व विजेता ।
५) र, कोरोना भाइरसका संक्रिमत र ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि इटालीमा आवतजावतमा प्रतिबन्ध, १ करोड ६० लाख मानिस क्वारेन्टाइनमा ।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।