काठमाडौं– पूर्वी चीनको फुजियान प्रान्तमा कोराना भाइरस (कोभिड १९)का संक्रमितहरुका लागि क्वारेन्टानका रुपमा प्रयोग गरिएको होलटल भत्किँदा ६ जनाको मृत्यु भएको छ।
चिनियाँ सञ्चारमाध्यामका अनुसार भवनको स्वरुप परिवर्तन गरिरहेकै अवस्थामा उक्त होटल भत्किएको हो। उक्त भवनका मालिक याङलाई सार्वजनिक सुरक्षा विभागमा लिएको छ।
चिनियाँ समयअनुसार आइतबार बिहान ७ : १५ बजेतिर उक्त भवन भत्किँदा करिब ७० जना त्यहाँ फसेको र तीमध्ये ४८ जनाको उद्धार भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।