काठमाडौं- गणेशमान सिह ‘रोड रेस’ को महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ गोपी चन्द्र पार्की पहिलो भएका छन्। १० किलोमिटर दौड सन्तोषीले ३९ मिनेट १०.९८ सेकेण्डमा साथै गोपिचन्द्र पार्कीले ३२ मिनेट ०१.२ सेकेण्डमा दौड पूरा गरे।
दुवै खेलाडी १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण विजेता पनि हुन्।
महिलातर्फ दोस्रो र तेस्रो स्थान क्रमशः बिन्द्रा श्रेष्ठ (४० मिनेट ११.२९ सेकेण्ड) र फूलमती राना (४० मिनेट ५८.११ सेकेण्ड) भए। पुरुषतर्फ खिम खत्री दोस्रो भए। खत्रीले ३४ मिनेट ३५ सेकेण्डमा र तेस्रो भएका नरेश बुढाले ३४ मिनेट ३६.१ सेकेण्डमा दुरी पूरा गरे।
दरबारमार्गबाट सुरु भएको दौडमा विभागीय टिम, विभिन्न संघ संस्था र अमेरिका, बेल्जियम, जर्मनी र कोरियाका गरी ४५ महिला र २५७ पुरुष खेलाडी सहभागी थिए।
प्रतियोगितामा पहिलो हुनेले ६०–६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले १५ हजार रुपैयाँसहित पॉचौ सम्मलाई नगद पुरस्कार र दशौँ स्थानसम्मलाई खेल सामग्रीहरु प्रदान गरिएको आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।