काठमाडाैं- सर्वोच्च अदालतका पूर्वन्यायाधीश गोपालप्रसाद खत्रीको निधन भएको छ। उनी सर्वोच्चमा निष्ठावान र विवादरहित न्यायाधीश थिए।
हठी स्वभाव र निर्भिक न्याय निरुपण गर्नुपर्ने पक्षमा रहेका उनी केही समयदेखि बिरामी थिए। अञ्चल अदालत हुँदै सर्वोच्चमा आएका उनले लामो समय सर्वोच्चमा बसेर न्याय सम्पादन गरेका थिए। प्रधानन्यायाधीश नभए पनि उनले न्यायाधीशको रुपमा धेरै राम्रा फैसला सुनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।