काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) होली पर्वलाई विगतजस्तै गरी नमनाउन गृह मन्त्रालयको आग्रह, भिडभाड र भेला जम्मा हुने, लोलापानी फ्याक्ने, शरीरमा रंग, अबीर दल्ने कार्य पनि जोखिमपूर्ण भएको जानकारी ।
२) कालो बजारी नियन्त्रण गर्न सबै नागरिक अनुगमनकर्ता बन्नुपर्ने उद्योगमन्त्री भट्टको भनाइ, दैनिक उपभोग्य वस्तुमा कालोबजारी गरेको पाइए मन्त्रालयमा फोन गर्न आग्रह ।
३) एक दिनमै उल्टियो धनगढी उपमहानगरपालिकाको निर्णय, आइतबारदेखि विद्यालय बिदा दिने निर्देशन शनिबारै खारेज, सबै विद्यालयलाई समयमा नै परीक्षा सुरु गर्न आग्रह ।
४) सागका पुरस्कार विजेता खेलाडीको रकम बैंक खातामा पठाइने, कोरोनाको जोखिम र प्रधामन्त्रीको स्वास्थ्यलाई ध्यानमा राख्दै बैंक खातामै पुरस्कार पठाउने सरकारको तयारी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।