एजेन्सी- अमेरिकाका अस्पताललले करीब साढे ९ करोड कोरोना संक्रमितका लागि तयारी गरिरहेको एक आँकलन गरेको सार्वजनिक भएको छ। डेली मेलमा प्रकाशित समाचारका अनुसार करीब ४ लाख ८० हजार अमेरिकीको कोरोना संक्रमणबाट मृत्यु हुनुका साथै ९ करोड ६ लाख मानिस संक्रमित हुने आँकलन गरिएको छ।
यूनिभर्सिटी अफ नेब्रस्का मेडिकल सेन्टरका प्रोफेसर डा जेम्स ललरले प्रस्तुत गरेको एक आँकलनमा यस्तो अनुमान गरिएको पाइएको हो।
अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका कारण १७ जनाको मृत्यु भइसकेको छ भने ३ सय जना संक्रमित भएको पुष्टि भएको छ।
(नोट : यसअघि प्रकाशित समाचार शीर्षकमा '४ लाख ८० हजार हुनुपर्ने'मा अन्यथा पर्न गएकाले क्षमायाचनासहित सच्याइएको छ- सम्पादक।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।