कैलाली- कैलालीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका ६ मा स्कुलबस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको हो।
शुक्रबार पूर्वबाट पश्चिमतर्फ आइरहेको त्रिपुरा ईङलिस बोर्डिङ स्कुलको ना ४ ख ४९४४ नम्बरको बस र विपरीत दिशातर्फ गइरहेको से ५ प ६९९४ नम्बरको मोटरसाइकल ठोकिक्दाँ गौरीगंगा नगरपालिका १ का २४ वर्षीय विजय लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।