एजेन्सी- कोभिड-१९ (कोरोना भाइरस) एसिया हुँदै विश्वभरि फैलिरहेको छ। यो भाइरसको संक्रमण गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको थियो‚ जहाँ करिब १ करोड १० लाखको जनसंख्या छ।
कोरोना भाइरसको लक्षण सुरु सुरुमा जाडोमा लाग्ने रोग जस्तै रुघाखोकी‚ ज्वरोबाट सुरु भई पछि रोग प्रतिरक्षात्मक क्षमतालाई कमजोर बनाउँछ। अहिले विभिन्न देशहरूले यसको नियन्त्रणका लागि अनेकौं उपायहरू अपनाइरहेका छन्। यसको औषधी बनिनसकेकाले पनि मानिसमा यसको त्रास अझ बढी फैलिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।