काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) कांग्रेस नेता गगन थापाद्वारा कोरोनाबारे संसदमा सार्वजनिक महत्वको प्रस्ताव पेश, नेपालले तयारी गर्ने सुनौलो अवसर पाएको भनाइ, कोरोना त्रासले कालोबजारी बढेकाे भन्दै सांसदहरुबाट सरकारको ध्यानाकर्षण।
२) मिर्गौला प्रत्यारोपण गरिएको तेस्रो दिन प्रधानमन्त्री केपी ओलीलाई हिँडडुल गराउन थालियो, ठोस आहार दिन सुरु, दाता समीक्षाको स्वास्थ्यमा पनि क्रमिक सुधार।
३) कालोबजारी नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयलाई गृहमन्त्री थापाको निर्देशन, माक्स र सेनिटाइजर आयातमा भन्सार छुट दिने उद्योग मन्त्रालयको तयारी।
४) एसिसी टि–२० पूर्वक्षेत्रीय छनोट प्रतियोगिताको विजेता सिंगापुर र उपविजेता हङकङ एसिया कप छनोटमा प्रवेश, नेपाल र सिंगापुरबीच हुने भनिएको खेल वर्षाका कारण रद्द।
५) र, आङ सान सुकीलाई दिएको सम्मान द सिटी अफ लन्डनले लियो फिर्ता, म्यानमारका रोहिंग्या मुसलमानप्रति गरिएको व्यवहारका लागि सुकीबाट सम्मान फिर्ता लिने निर्णय।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।