काठमाडौं- विश्वभर कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्दै गएका बेला भूटानले भुटान आउने सबै पर्यटकलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ।
भूटानको स्वाथ्य मन्त्रालयका अनुसार शुक्रबारदेखि लागू भएको उक्त नियम आउँदो दुई सातासम्म जारी रहनेछ।
अहिलेसम्म एक जनामात्रै कोरोना संक्रमित भेटिएको भुटानले हवाई र जमिनमार्फत आउने सबै पर्यटकलाई प्रवेशमा प्रतिबन्ध लगाएको हो।
अवस्थाको मुल्यांकन गरेपछिमात्रै प्रतिबन्ध थप्ने या दुई सातासम्म मात्रै कायम गर्ने भन्ने निर्णय सरकारले लिने भुटानले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।