काठमाडौं- नेपाली कांग्रेसमा तत्कालीन लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्यको समायोजन सकिएको छ।
एकीकृत भएको तत्कालीन लोकतान्त्रिक फोरमबाट एघार केन्द्रीय सदस्य थप्ने निर्णय गत असोजमा भएको थियो। लोकतान्त्रिक फोरम पक्षले आफ्नोतर्फका नाम टुंग्याउन नसकेपछि केन्द्रीय समितिले पूर्णता पाउन सकेको थिएन।
फोरम लोकतान्त्रिकको पक्षबाट कांग्रेस केन्द्रीय समिति सदस्य मनोनित हुनेहरुमा रामजनम चौधरी, मो. नसिर सिद्धिकी, भारतेन्दुकुमार मल्लीक, हेमराज तातेड, डा. गोपाल दहित, मंगलप्रसाद थारु छन्। त्यसैगरी योगेन्द्र चौधरी, हरिप्रसाद न्यौपाने, सुमित्रा थरुनी, कल्पना चौधरी र पवनकुमार सारडा केन्द्रीय सदस्यमा मनोनित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।