काठमाडौं- सरकारले माक्स र सेनिटाइजर अभाव बढ्दै गएपछि भन्सारमा छुट दिने तयारी गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले माक्स र सेनिटाइजरको आयातमा सहज बनाउने गरी भन्सार छुट गर्ने तयारी गरेको छ। यसका लागि मन्त्रालयले अर्थ मन्त्रालयलसँगै अनुरोध गर्ने समेत जनाएको छ।
अहिले बजारमा माक्स र सेनिटाइजर चरम अभाव देखिएको छ। बजार अभावसँगै कालोबजारी गर्ने व्यवसायीलाई समेत मन्त्रालयले अनुगमन गर्दै कारबाही थालेको र अब यसलाई निरन्तरता दिने जनाएको छ।
बजारमा अहिले कतिपय व्यापारीहरूले ५ रुपैयाँको माक्सलाई ५० रुपैयाँसम्ममा बिक्री गरिरहेका छन्।
मेडिकल माक्सको अभावसँगै कपडाको माक्स व्यापारीले समेत कालोबजारी सुरु गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।