पोखरा– बिल फछ्यौटका नाममा घुस लिने दुई इन्जिनियर पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जिल्ला शिक्षा कार्यालयका इन्जिनियर दीपकुमार बानियाँ र सब इञ्जिनियर छवीन्द्र विक्रम खाँडलाई शुक्रबार पक्राउ गरेको हो।
एक बिद्यालयको भवन निर्माणको नक्कली बिल पास गरिदिने भन्दै उनीहरुले त्यसका लागि १ लाख दिएका थिए। बिद्यालयका ठेकदारले अख्तियारलाई खबर गरेर घुस दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।