काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले विद्यालय र क्याम्पसमा पठनपाठन बन्द गर्न माग गरेकी छन्। कोरोना भाइरसको उच्च जोखिममा नेपाल रहेको भन्दै उनले लाखौं विद्यार्थी विद्यालय र क्याम्पस गइरहेकोले सतर्कता अपनाउनुपर्ने बताइन्।
जिल्ला प्रशासन कार्यालय र सरकारले पनि भीडभाडमा नजानु, घरबाट बाहिर ननिस्कनु भनेकोले विद्यालय र क्याम्पस तत्काल बन्द गरिनुपर्ने बताइन्।
‘लाखौं विद्यार्थी स्कुल र कलेज गइरहेका छन्। सरकारले भीडभाडमा नजान सूचना निकाल्ने अनि विद्यार्थीलाई पढाइ रहने? तत्काल बन्द गर्न निर्देशन दिन आग्रह गर्दछु,’ उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।