नयाँ दिल्ली- भारतमा कोरोना भाइरस (कोभिड १९)बाट संक्रमित हुनेको संख्या बढिरहेकाे छ। भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ३१ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे पुष्टि भएकाे छ।
कोलोना भाइरसबाट संक्रमित इटालियन पर्यटककी श्रीमतीको रिपोर्ट पनि पाेजेटिभ आएपछि संक्रमित व्यक्तिहरूको संख्या ३१ पुगेको हाे। यस्तै उत्तर प्रदेशको गाजियावादमा पनि भाइरसबाट संक्रमित भेटिएको अधिकारीहरूले पुष्टि गरेका छन्।
यसअघि बिहीबार संघीय स्वास्थ्यमन्त्री डा. हर्षबर्धनले यही मार्च ४ देखि अहिलेसम्म २९ जना संक्रमित भएको बताएका थिए। राज्यसभामा बोल्दै उनले भने, 'देशभर यही मार्च ४ देअि अहिलेसम्ममा कोरोना भाइरसबाट संक्रमितहरूको संख्या २९ पुगेको छ।'
उनले आफू र आफ्नो टोलीले कोरोना भाइरस फैलिएको अवस्थाको अनुगमन र मूल्याङ्कन गर्दै समीक्षा र विश्लेषण गरिरहेको पनि जानकारी दिए। काेराेनाको सङ्क्रमण देशभित्र प्रवेश गर्न नदिन सरकारको तर्फबाट गत जनवरी १७ देखि नै विभिन्न प्रयासहरू गरिरहेको मन्त्री बर्धनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।