काठमाडौं- विश्व सुन्दर टोनी एन सिं नेपाल भ्रमणमा छिन्। नेपाल भ्रमणमा रहेकी उनले नेपाली पहिरनमा तस्वीर खिचाएकी छन्। ढाकाको ब्लाउज र सारी लगाएकी उनले शीरमा मिस वर्ल्डको ताज पहिरिएकी छन्।
उक्त पहिरनमा उनले पर्यटन मन्त्री योगेश भट्टराई‚ पर्यटन मन्त्रालयका अधिकारी र पूर्व मिस नेपाल श्रङ्खला खतिवडासँग सामूहिक तस्वीर खिचाएकी छन्। तीन दिने भ्रमणका लागि उनी बिहीबार बिहान काठमाडौं अवतरण गरेकी हुन्। उनलाई मिस नेपाल २०१९ अनुस्का श्रेष्ठ लगायतले स्वागत गरेका थिए।
उनी सिन्धुपाल्चोकदेखि मकवानपुरसम्मको यात्रामा जाने कार्यक्रम समेत रहेको छ। टोनी शुक्रबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माणाधीन हिमालयन ग्रेट ट्रेल अवलोकनका लागि पुग्नेछिन्। टोनीले हेलम्बुकै सुर्सिङमा रहेको मिस नेपाल अनुस्काको प्रोजेक्टसमेत अवलोकन गर्नेछिन्। हिडन ट्रिजर तथा पर्यटन मन्त्रालयसँगको समन्वयमा जमैकाकी टोनी नेपाल आएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।