• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

बैंकमा सुन राखे ब्याज पाइने

64x64
नेपाल लाइभ बिहीबार, फागुन २२, २०७६  १७:५०
1140x725

काठमाडौं- आफूसँग भएको सुन बैंक राखे ब्याज पाइने भएको छ। नेपाल राष्ट्र बैंकले सुनलाई निक्षेपको रूपमा राख्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको हो। यसअघि राष्ट्र बैंकले मौद्रिक नीतिमा नै सुनलाई निक्षेपका रुपमा राखी ब्याज दिने व्यवस्था गरिने उल्लेख गरेको थियो। 

राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बजारमा भएको अभ्यासलाई नेपालमा प्रयोग गरेको बैंकर एसोसिएसनका अध्यक्षले भुवन कुमार दाहालले बताए। यसले बैंकमा थप तरलता प्रदान गर्ने उनको भनाइ छ। यसको फाइदा र बेफाइदा भने अबको एक वर्ष पछि मात्र थाहा हुने उनको तर्क थियो। 

राष्ट्र बैंकले मौद्रिक नीतिमा भएको व्यवस्था कार्यान्वयन गर्ने क्रममा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०७६ जारी गर्दै नेपाली नागरिक सँग भएको सुन निक्षेप लिन पाउने व्यवस्था गरेको हो।

वाणिज्य बैंकहरूले सुनलाई निक्षेपको रूपमा लिन पाउने व्यवस्था गरिएको छ। यसका लागि बैंकहरुले सुन निक्षेपमा राख्ने सम्बन्धमा विस्तृत नीति तथा कार्यविधि तयार पार्नु पर्नेछ। ‍सुन निक्षेप लिँदा निक्षेपकर्ताबाट उपलब्ध हुने सुनको शुद्धता तथा तौलको जाँच गर्ने संयन्त्रको स्थापना गरी कम्तीमा ९९५ फिटनेसको सुन मात्र स्वीकार गर्नु पर्नेछ। वाणिज्य बैंकहरुले निक्षेपका रुपमा प्राप्त सुनलाई शुद्धता तथा तौलका आधारमा सुरक्षित तवरले ढुकुटीभित्र राख्ने व्यवस्था गर्नु पर्नेछ। बैंकहरुले ढुकुटी सुरक्षाका लागि सिसिटिभी क्यामेरासहित दोहोरो चाबीलगायतको प्रबन्ध मिलाउन समेत राष्ट्र बैंकको निर्देशन छ। 

सुन निक्षेपको रुपमा स्वीकार गर्दा वाणिज्य बैंकहरुले न्यूनतम २५ ग्राम परिणामको सुनलाई निक्षेपको रुपमा स्वीकार गर्न सक्ने व्यवस्था छ। त्यस्तै निक्षेपकर्ताले सुन निक्षेप राख्न आएमा प्राप्त सुनलाई तोकिएको शाखामा जाँच गराई शुद्धता तथा तौल एकिन गरी प्रमाणपत्र दिनु पर्नेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

बैंकहरुले सुन निक्षेप निक्षेप राख्न आएका ग्राहकहरुलाई सुन निक्षेप लिदाँका बखत नै आफूले जम्मा गरेको साँवा सुन तथा  ब्याज सुनमै लिने वा नगदमा लिने सोको समेत एकिन गराउनु पर्नेछ। 

सुन जम्मा गर्दा निक्षेपको अवधिसमेत तय गर्न राष्ट्र बैंकको निर्देशन छ। निक्षेपको अवधि कम्तीमा तीन वर्ष तथा अधिकतम ५ वर्षको हुनुपर्ने निर्देशन दिएको राष्ट्र बैंकले निक्षेपलाई नवीकरण गर्न सकिने समेत जनाएको छ। सुन निक्षेपको ब्याजदर बैंक आफैले निर्धारण गर्न सक्ने नेपाल राष्ट्र बैंकको निर्देशन छ। 

यसरी निक्षेप राखेका ग्राहकले तीन-तीन महिनाको अवधिमा ब्याज पाउनेछन्। सुन लिँदा र भुक्तानी दिँदा बैंकहरूले सुनचाँदी व्यवसायी महासंघले तोकेअनुसार सम्बन्धित दिनको बजारमूल्य बमोजिम मूल्यांकन गर्नु पर्नेछ। 

Xtrem
Xtrem

निक्षेपका रूपमा सुन स्वीकार गर्ने बैंकको ढुकुटीमा रहेको सुनलाई राष्ट्र बैंकको निर्देशन बमोजिम कायम गर्नुपर्ने सिआरआर तथा एसएलआरमा गणना गर्न सकिनेछ। यस प्रयोजनको लागि सिआरआरको अधिकतम २५ प्रतिशतसम्म मात्रै सुन निक्षेपको रुपमा गणना गर्न सकिने राष्ट्र बैंकले व्यवस्था गरेको छ। 

सुन निक्षेपकर्ताको समेत अन्य निक्षेपकर्ताको जस्तै खाता खोल्दा ग्राहक पहिचानपत्रको सम्पूर्ण विवरण प्राप्त गरी अद्यावधिक गर्नु पर्नेछ। १० लाख रुपैयाँ वा सोभन्दा बढी रकम बराबरको सुन निक्षेपको अनिवार्य रुपमा स्रोत खुलाउनु पर्ने व्यवस्था छ।

सुन निक्षेप प्रमाणपत्रलाई सोही बैंकमा धितो राखी निक्षेपमा रहेको सुनको ७० प्रतिशतसम्म कर्जा लिन समेत सकिने राष्ट्र बैंकको निर्देशन छ। सुन निक्षेप तथा ढुकुटी व्यवस्थापन सम्बन्धमा बैंकको आन्तरिक लेखापरीक्षकबाट कम्तीमा अर्धवार्षिक रुपमा लेखापरीक्षण तथा सुन मौज्दातको भौतिक परीक्षण गराउनुपर्ने समेत राष्ट्र बैंकको व्यवस्था छ। 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६  १७:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
भिजिबिलिटीले साथ नदिँदा फ्लाई दुबईको पोखरा उडान रोकियो शुक्रबार, असोज ९, २०८३
शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत विद्यार्थी नेता शंकरले नगरप्रखुमको कार्यकक्षमै फिनेल सेवन गरे शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्