काठमाडौं- सरकारले भारत प्रवेश गर्ने ३७ वटा नाकामा स्वास्थ्य टोली राखेको दाबी गरेको छ।
सरकारले कोरोना संक्रमणबाट बच्न उच्च सर्तकता र तयारी भइरहेको जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले दुई देशबीच नाकामा सजगता अपनाइरहेको जानकारी दिएका हुन्।
खतिवडाले भने, ‘भारत प्रवेश गर्ने ३७ वटा नाकामा स्वास्थ्य टोली राखिएको छ। विमानस्थलबाट प्रवेश गर्ने ६ वटा प्रवेशद्वारमा पनि स्वास्थ्य टोली राखिएको छ।’
उनले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोराना संक्रमण नियन्त्रण उच्चस्तरी संयन्त्रले बिहीबार पनि छलफल गरेको बताए। प्रवक्ता खतिवडाले भने, ‘स्वाथ्य मन्त्रालयले काम गरिरहेको छ। अन्तर्राष्ट्रिय मान्यताअनुसार काम गरेका छौं। पाँच सय, पाँच हजार जनामा संक्रमण भयो भने के गर्ने भन्ने योजना बनाएर काम गरेका छौं। त्रासको वातावरण छैन, सजगता अपनाउने हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।