काठमाडौं- कोभिड-१९ (कोरना भाइरस)को संक्रमण हुन सक्ने जोखिमलाई उच्च प्राथमिकतामा राखेर सुरक्षा अपनाएकाले डराउनुपर्ने अवस्था नरहको बताएको छ। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा अर्थमन्त्री युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन्।
‘अहिलेसम्म नेपालमा कोभिड-१९ देखिएको छैन,’ उनले भने, ‘तेस्रो मुलुकबाट आउने यात्रुमाथि चेकजाँच गरिएको र शंकास्पदलाई निदान गर्ने काम चलिरहेको छ।’
हवाई यात्रुलाई स्क्रिनिङ गरी संक्रमणको संकेत देखिए क्वारेनटाइनमा राख्ने तयारी सरकारले गरेको उनको दाबी छ।
पैदलमार्ग र नेपाल-भारत नाका रहेका ३७ स्थानमा चेकजाँच थालिएको बताएका मन्त्री खतिवडाले उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्च स्तरीय समितिको बैठक बसेर भारतसँग औषधी खुलाईदिन आग्रह गर्ने निर्णय गरेको उनले जानकारी दिए।
भारतले लगाएको प्रतिबन्ध छुट नदिन आग्रह गर्ने निर्णय भएको उनले बताए।
बजारमा अभाव देखिएको मास्क उत्पादन गर्ने पनि शुरु भएको उनको भनाइ छ।
मास्कको आपूर्ति र उत्पादन गर्ने नीजि क्षेत्रसँग सहकार्य भइरहेको भन्दै उनले उच्च सुरक्षा सर्तकता अघि बढेकाे उल्लेख गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।