काठमाडौं–राष्ट्रिय वाणिज्य बैंकले प्रदेश २ मा युवा वर्गलक्षित सशक्तिकरणा कार्यक्रम सुरु गरेको छ। बैंकले यस्तो कार्यक्रम तेस्रो चरणको रुपमा सुरु गरेको हो। फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले सुरु गरिएको यस एकेडेमीबाट युवावर्ग लगायत सबैले लाभ लिन सक्ने जनाइएकाे छ।
एकेडेमीले फागुन २१ बाट फाल्गुन ३० सम्म निःशुल्क आवेदन दिन सक्ने गरी वित्तीय क्षेत्रमा रोजगारी पाउन ३ दिने टेक्निकल, विहेबियरल र प्राक्टिकल बैंकिङ्ग विषयमा तालिम दिनेछ।
बैंकले उक्त तालिम चैत ७ देखि ९ गतेसम्म वीरगंजमा सञ्चालन गर्दैछ। प्रदेश २ अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विधार्थीहरु ९कुनै प्रकारको काममा आवद्ध नभएको० लाई मात्र लक्षित गरी आवेदन आव्हान गरिएको छ। वित्तीय क्षेत्रमा आफ्नो करिअर बनाउन चाहने युवा विद्यार्थीले यसबाट भरपुर लाभ लिन सक्ने बैंकले जनाएकाे छ।
आवेदकमध्ये निश्चित प्रावधानका आधारमा ५० जनालाई छानेर बैंकले उक्त तालीममा सहभागी गराई पेड इन्टर्नसीपमा निश्चत अवधिका लागि राख्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।