एजेन्सी–भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले ‘राष्ट्रहितका लागि’ ६ सन्तान जन्माउन महिलालाई आग्रह गरेका छन्।
राष्ट्रिय महिला स्वास्थ्यसेवा योजनाको प्रबद्र्धनका लागि आयोजित कार्यक्रममा उनले महिलालाई निर्देशन दिँदै भने– सन्तान जन्माऊ, सन्तान जन्माऊ।
गम्भीर आर्थिक संकट बेहोरिरहेको भेनेजुएलामा यतिखेर खाद्यपदार्थ तथा औषधिअभाव छ। यस्तो अवस्थामा मडुरोले सन्तान बढी जन्माउन निर्देशन दिएका हुन्। २०१३ र २०१८ को बीचमा १३ प्रतिशत भेनेजुएली बालबालिका कुपोषणको शिकार भएका छन्।
‘भगवानले तपाईंहरुलाई ६ छोराछोरी दिउन्,’ टेलिभिजनले प्रसारण गरेको उक्त कार्यक्रममा मडुरोले भने, ‘हरेक महिलाले ६ सन्तान पाउनु देशका लागि राम्रो हो।’
विपक्षी नेता हुँवा गुइडोका समर्थकले भने मडुरोको यो अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।