राजविराज–राजविराज नगरपालिकाले कार्यालय परिसरमा स्तनपान कक्ष निर्माण गरेको छ। शिशु बोकेर कार्यालय आउने सेवाग्राही महिलालाई लक्षित गरी नगरपालिकाले पहिलो पटक स्तनपान कक्ष निर्माण गरेको हो।
सार्वजनिक स्थलमा शिशुलाई स्तनपान गराउँदा महिलाहरुलाई हुने असजिलोलाई ध्यानमा राखेर यो योजना ल्याईएको मेयर शम्भुप्रसाद यादवले बताए।
‘कतिपय महिला शिशु भोकाएर रुन थालेपछि काम छाडेरै हिडनुपर्ने अवस्था थियो’ उनले भने, ‘अब त्यो अवस्था अन्त्य भएको छ ।’ आवश्यकता अनुसार कार्यालयमा स्तनपान कक्ष थप गरिने र अन्य वडामा पनि यो सेवालाई बिस्तार गरिने यादवले बताए।
हाल सप्तरीका अधिकांश स्थानीय तह तथा सेवाग्राहीको बढी भीडभाड हुने भूमिसुधार तथा मालपोत लगायतका सरकारी कार्यालयमा स्तनपान कक्ष निर्माणलाई तिव्रता दिईएको छ। तर, कतिपय कार्यालयमा भने स्तनपान कक्षलाई फोहोर फाल्ने स्थानका रुपमा प्रयोग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।