काठमाडौं- नेपाल सरकारले कृषि विकास बैंकको अध्यक्ष पदमा लक्ष्मी प्रपन्न निरौलालाई नियुक्त गरेको छ। सरकारको नियुक्तिसँगै निरौलाले नेपाल राष्ट्र बैंकको गभर्नरबाट सपथ खाएका छन्।
निरौलाले केही महिनाअघि नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश पाएका थिए। राष्ट्र बैंक ऐन २०५८ को पछिल्लो संशोधनले गर्दा निरौला कृषि विकास बैंकको अध्यक्ष पदका लागि योग्य भएका हुन्।
ऐन संसोधन हुनुभन्दाअघि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर र कार्यकारी निर्देशकले आफूले नियमन गर्ने बैंक तथा वित्तीय संस्थामा तीन वर्षसम्म काम गर्न नपाउने व्यवस्था थियो।
तर दुई साताअघि पारित भएको ऐनमा कार्यकारी निर्देशक र निर्देशकको कुलिङ पिरियड हटाइएको थियो। यसै ऐनमा टेकेर उनी बैंकको अध्यक्ष बन्न योग्य भएका हुन्। नत्र यसभन्दाअघि कार्यकारी निर्देशकहरुले बैंक तथा वित्तीय संस्थामा कर्मचारीको रुपमा जान नपाउने भएकाले बीमा कम्पनीहरुमा गएको पाइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।