• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रिय सभाका नयाँ सदस्य भन्छन्-बोल्ने कुरा धेरै छन्

64x64
किशोर दहाल बुधबार, फागुन २१, २०७६  १६:२५
1140x725

काठमाडौं- अलमल, अप्ठ्यारो र उत्साहको भाव मिसिएको अनुहारका साथमा राष्ट्रिय सभाका नयाँ सदस्यहरु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से भवन छिरेका थिए। गत माघ ९ गते निर्वाचित भएका उनीहरुको सपथ ग्रहण कार्यक्रम बुधबार ११ बजेका लागि तोकिएको थियो।

अंग्रेजी अक्षर 'सी' आकारमा बसेका १८ नयाँ सांसदलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सपथ खुवाए। तर, सपथ ग्रहण गराउने व्यक्तिले केही वाक्य वाचन गर्ने र सोही अनुसार ग्रहण गर्ने व्यक्तिले दोहोर्‍याउने प्रचलन भने तिमल्सिनाले पछ्याएनन्।

'म 'म' भन्छु, तपाईंहरु आफ्नो नाम भन्नुहोला', तिमल्सिनाले सिकाउँदै भने, 'बाँकी व्यहोरा तपाईंहरुसँगै छ। आफैं पढ्नुहोला।'

सदस्यहरुले तिमल्सिनाको सुझाव ग्रहण गरे।

सपथ सकिएपछि सदस्यहरुलाई संविधान, नियमावली लगायतका सामग्री सहितको झोला वितरण गरियो।

त्यसपछि सुरु भयो, सदस्यहरुले सञ्चार माध्यमलाई अनुभव साट्ने सिलसिला।

'गर्व लागेको छ'

सुरु हुनै लागेको नयाँ जिम्मेवारीलाई कसरी व्यक्त भन्ने विषयमा सदस्यहरुमा अन्यौल देखिन्थ्यो। त्यसैले उनीहरु सतही प्रतिक्रिया दिइरहेका थिए। खुसी लागेको छ, गर्व महसुस भएको छ, जिम्मेवारी बढेको छ जस्तो लागेको छ जस्ता साझा प्रतिक्रिया उनीहरुको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

'नयाँ अनुभव हो। अलिकति गम्भीरता महसुस भइरहेको छ', प्रदेश १ बाट प्रतिनिधित्व गरेकी इन्दिरादेवी गौतमले भनिन्, 'पार्टी राजनीतिमा अनुभव भए पनि संसदीय क्षेत्रमा अनुभव थिएन। जनताले अपेक्षा गरे अनुसार यो ठाउँबाट हामीले के कसो काम गर्नुपर्छ भन्ने कुराको पूर्ण जानकारी नभए पनि गम्भीर छु।'

कतिपयले भने नयाँ जिम्मेवारी विगतको सक्रिय र निरन्तर राजनीतिको प्रतिफलको रुपमा अर्थ्याए। तिनैमध्येकी एक हुन्,बागमती प्रदेशबाट निर्वाचित गंगाकुमारी बेलबासे। उनलाई राजनीति गर्नेका लागि उच्च मध्येको ठाउँमा आइपुगेकाले पदप्रति माया र जिम्मेवारी बोध भएको छ।

'हिजो पार्टीका विभिन्न जिम्मेवारी थियो। अहिले राष्ट्र र जनताप्रति थप जिम्मेवारी थपिएको छ', उनको प्रतिक्रिया थियो।

पहिले पनि सांसदको रुपमा भूमिका निर्वाह गरिसकेकालाई भने खासै नयाँ लागेको छैन। जस्तो, नेकपाका सांसद वेदुराम भुसाल। उनी २०४७ सालको संविधान अनुसार एक कार्यकाल राष्ट्रियसभा सदस्य भएका थिए। उनी अन्तरिम व्यवस्थापिकामा पनि सांसद भएका थिए। आफ्नो तेस्रो संसदीय यात्राबारे उनी भन्छन्- सामान्य नै लागिरहेको छ। 'राजनीति नै गरिसकेपछि यस्तो जिम्मेवारी आउँछन्।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रदेश २ बाट निर्वाचित मृगेन्द्रकुमार सिंहलाई संसद, संविधानसभाको अनुभव छ। राष्ट्रियसभामा नयाँ सदस्य भए पनि उनलाई खासै अनौठो लागेको छैन। 'एक दुईवटा बैठकमा सहभागी भएपछि, हेरेपछि सबै जानिहालिन्छ नि', उनको भनाइ छ।

'कति कुरा भन्नु छ'

संसद भनेको मुख्यतयः बोल्ने ठाउँ नै हो। शून्य तथा विशेष समयमा सांसदहरुले निश्चित समयमा बोलेरै आफ्नो क्षेत्र, राष्ट्रिय मुद्दा तथा अन्य विविध विषय उठाउँछन्। त्यसका अतिरिक्त विभिन्न विधेयकहरुमाथि आफ्नो धारणा राखेर सम्बन्धित क्षेत्रको कानुनलाई समृद्ध बनाउन भूमिका खेल्छन्।

नयाँ सांसदहरुसँग संसदमा उठाउने नयाँ कुरा के छन् त? 'बोल्ने कुरा धेरै छन्। देशमा कति धेरै समस्या छन्। कति धेरै विषय छन्', गौतमको प्रतिक्रिया छ।

संसदका बैठकमा भाग लिँदै जाँदा विभिन्न सान्दर्भिक विषयमा बोल्न सकिने र बोल्ने उनको बुझाइ छ।

कर्णाली प्रदेशको प्रतिनिधित्व गरिरहेकी सुमित्रा बिसीसँग कर्णालीका कुरा उठाउने योजना छ। 

'खासगरी राष्ट्रकै निम्ति बोल्ने हो', उनी भन्छिन्,'त्यसमा पनि कर्णाली प्रदेशबाट आएकाले त्यहाँको विकास निर्माणका लागि, समृद्ध र सुखी कर्णाली बनाउनका लागि आफ्नो भूमिका निर्वाह गर्ने छु।'

प्रदेश १ का देवेन्द्र दाहाल आफूलाई कानुन निर्माण गर्ने काममा सक्रिय बनाउने बताउँछन्। प्रदेश २ का सांसद सिंहसँग पनि संसदको शून्य र विशेष समयमा देश र जनताकै कुरा उठाउने योजना छ। त्यस्तै प्रदेश ३ की सांसद बेलबासेसँग सीमानादेखि एमसिसीको विषयसम्म उठाउने योजना छ। 'बैठकमा उठाउने विषय छन्। महिलाका कुरा, गरिब वर्गको कुरा, आफ्नो प्रदेशको विषय, कानुनका कुरा उठाउने छु', उनले भनिन्।

भुसालसँग संसदमा उठाउन राष्ट्रियताका विषयहरु नै पहिलो सूचीमा छन्। 'मैले राष्ट्रियताको विषय, जनतासँग जोडिएका विषय, कानुन बनाउँदा संविधान अनुरुप बनाउने कुरालाई प्राथमिकतामा राख्छु', उनको प्रतिक्रिया छ।

राष्ट्रिय सभाको परिपक्वताप्रति 'कमेन्ट छैन'

राष्ट्रिय सभाले अपेक्षा अनुकूल परिपक्वता देखाउन नसकेको भन्दै आलोचना हुने गरेको छ। सांसदहरुकै प्रतिक्रियामा पनि राष्ट्रिय सभाको भूमिका भनेको प्रतिनिधि सभाबाट पास भएका विधेयकहरुमाथि परिपक्व निर्णय गर्ने काम राष्ट्रिय सभाको हो भन्ने छ। तर, प्रतिनिधिसभामा उत्पत्ति भएका कैयौं विधेयकहरु विवादित भइरहँदा, सोही अनुसार राष्ट्रिय सभामा पुग्दा पनि राष्ट्रिय सभाले त्यस्तो अपेक्षित व्यवहार देखाएको छैन।

नव निर्वाचित सांसदहरु राष्ट्रिय सभाको भूमिकाको विषयमा प्रष्ट देखिए पनि विगतको व्यवहारको विषयमा भने कमेन्ट गर्न उत्सुक देखिएनन्। 

प्रदेश १ काे प्रतिनिधित्व गर्ने दाहाललाई राष्ट्रिय सभा परिपक्व भएन भन्ने आलोचना वाञ्छनीय लाग्दैन। 'प्रतिनिधि सभा र राष्ट्रिय सभा परिपुरक हुन्', उनी भन्छन्,'राष्ट्रियसभाको भूमिका 'चेक एन्ड ब्यालेन्स'को हिसाबले महत्त्वपूर्ण छ। त्यो भूभिका निर्वाह भइरहेकै छ भन्ने लाग्छ।' 

राष्ट्रिय सभाको जुन भूमिका हुनुपर्थ्यो त्यस अनुसारको काम भयो कि भएन भन्ने कुरामा अहिल्यै चर्चा गर्नु आफ्नो लागि हतारो हुने प्रतिक्रिया छ, भुसालको।

कर्णाली प्रदेशबाट निर्वाचित सुमित्रा बिसीलाई अहिलेसम्म राष्ट्रिय सभामा उठेका कुराहरु मन परेको रहेछ। 'मैले राष्ट्रिय सभाको बैठकहरुबारे सुन्दा सांसदहरुले देश र जनताको लागि राम्रै कुरा उठाउनुभएको छ जस्तो लाग्थ्यो', उनले थपिन्,'म पनि समृद्ध नेपाल सुखी नेपालीका लागि एउटा इँटा थप्छु जस्तो लाग्छ।'
 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  १६:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्