काठमाडौं- कोरोना भाइरसको संक्रणबाट प्रभावित देशको साहायताका लागि विश्व बैंकले करिब १३ खर्ब रुपैयाँ बराबरको सहायता छुट्याउने भएको छ।
आपतकालीन राहात प्याकेजमा न्यून ब्याजदरको ऋण, अनुदान र प्राविधिक सहयोग रहेको छ।
बिबिसीसँग कुरा गर्दै विश्व बैंकका अध्यक्ष डेभिड मल्पासले राहत प्याकेजको उद्देश्य संक्रमित देशको सार्वजनिक स्वास्थ्य सुधार गर्ने र आर्थिक प्रभावलाई कम गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने रहेको बताए।
अति गरिब र संक्रमणको उच्च जोखिममा रहेका देशको प्राथमिकीरण गरेर राहत वितरण गर्ने उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।