काठमाडौं- सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बुधबार एकैदिन २ हजार २ सय रुपैयाँले बढेपछि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ तोलाको ८० हजार ५ सय रुपैयाँ पुगेको छ। यसअघि फागुन १२ गते सुनको भाउ ८० हजार ३ सय रुपैयाँ तोला पुगेको थियो।
अन्तर्राष्ट्रिय बजार तीव्ररुपमा उतारचढावपूर्ण रहँदा सुनको भाउले नयाँ विन्दू टेकेको हो।
बुधबार चाँदीको भाउ तोलाको २० रुपैयाँले बढेर ८८० रुपैयाँ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।