काठमाडौं– शिक्षण अस्पताल महाराजगञ्जमा मृगौला प्रत्यारोपण सुरु गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिनाथमा विषेश पूजापाठ गरिएको छ।
पशुपति विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामनासहित पहिलो प्रहरको पूजापाठ गराएका थिए। मिर्गौला प्रत्यारोपणको सफलता र शीघ्र स्वास्थ्यलाभको कामनासहित बुधबार बिहान विशेष पूजा गरिएको हो।
विशेष पूजापाठमा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्ने शुभेच्छुकहरुको समेत उपस्थिति थियो। मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई अप्रेसन थिएटरमा लगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।